News Category 2073/09/22
ट्रकको ठक्करबाट बालकको मृत्यु बिरोधमा स्थानीय र प्रहरीबीच झडप
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खोजपुर ८ मा बिहिबार दिउँसो करिब ४ बजे मालवाहक ट्रकको ठक्करबाट चार वर्षका एक बालकको मृत्यु भएको छ । घटनाको बिरोधमा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ ।
ट्रकको ठक्करबाट मृत्यु हुनेमा सप्तरी पन्सेरा ९ का लक्ष्मण रामको छोरा अर्जनुकुमार राम रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना.२ ख. ६१८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
यसैबीच घटनाको बिरोधमा स्थानीवासीहरुले राजमार्गमा चक्काजाम गरेर ठक्कर दिने ट्रकलाई आगो समेत लगाएका छन् । तर, ट्रकमा आगो लगाएपछि तुरुन्त प्रहरीले निभाएको थियो । सोही क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
सो झडपको क्रममा प्रहरीले भिडलाई तितरबितर गर्न दश राउण्ड अश्रृ ग्यास समेत गरेको छ । यता स्थानीयहरुले फ्यालेको ढुंङ्गाबाट केही प्रहरी घाइते भएको स्थानियहरुले बताएका छन् । झडपका कारण करिब तीन घण्टा राजमार्ग अवरुद्ध समेत भएको थियो ।
यता प्रहरी बालकको शवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको छ । ठक्कर दिने टूक प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ