News Category 2073/09/23
राजसंस्थाको पुर्नःस्थापना गरि हिन्दु राष्ट्र कायम गर्न माग
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
राष्ट्रिय जनता पार्टी नेपाल राजावादीका राष्ट्रिय अध्यक्ष किशोरी महतोले नेपालमा राजसंस्थाको पुर्नःस्थापना गरि हिन्दु राष्ट्र कायम गर्न माग गर्नुभएको छ ।
श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण साहको २९५ औं जन्म जयन्तीको अवसरमा शुक्रबार राजविराजमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो माग गर्नु भएको हो ।
देश विखण्डन र राजनीतिको दलदलमा फस्न लागेको भन्दै उहाँले जब जब मुलुकमा आन्दोलन भयो त्यसबेला मधेशीहरुले बलिदानी दिएको स्मरण गराउनुभयो । उहाँले सो बलिदानीको सट्टा मुलुकले मधेशीलाई के दियो भन्ने राजयक्ष समक्ष प्रश्न समेत ते¥याउनुभयो ।
उहाँले मुलुकलाई बलियो र एकतावद्ध बनाउन राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनु भएको हो । मुलुकलाई बलियो र एकतावद्ध बनाउन एकिकरण मार्फत योगदान पु¥याउने पृथ्वी नारायण शाहको योगदानको कदर गर्दे पुस २७ गतेको दिनलाई सरकारले राष्ट्रिय विदा घोषणा गर्नुपर्ने माग गर्नुभयो । उहाँले सरकारले विदा दिए÷नदिएपनि राजसंस्था, राष्ट्रिय एकता र हिन्दु राष्ट्र प्रति आस्था राख्ने ठूलो जन समुदायले यस पल्ट पृथ्वी जयन्ती धुमधामका साथ मनाउने दावी गर्नुभयो ।
सोही सभामा पार्टीका केन्द्रिय उपाध्यक्ष रामकुमार खातीले चुनावको समयमा राप्रपा नेपालले राजसंस्था र गाईको नारामा भोट लिएर अहिले सो नारालाई करोडौ रुँपैयामा बिक्रि गरेको आरोप लगाउनुभयो ।
केन्द्रिय समितिका डा. देव नारायण यादवको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय जनता पार्टी नेपाल राजावादीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष देव नारायण मेहता, केन्द्रिय प्रवक्ता छटु मण्डल, केन्द्रिय कोषाध्यक्ष कनकलाल साह, बालक दास लगायतले बोल्नु भएको थियो ।
यता सो पार्टीले जिल्लामा जनजागरण अभियान चलाउने उद्देश्उले केन्द्रीय पदाधिकारी सहित भ्रमणमा निस्केको जनाउँदै पहिलो चरणमा बीरगंज, विराटनगर, जनकपुर, झापा, वनेपा र राजविराज लगायतका स्थानमा कार्यक्रम गर्ने योजना रहेको बताएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ