News Category 2073/09/24
सप्तरी युथद्वारा दृष्टिबिहीनहरुलाई राहत प्रदान
राजविराज÷सप्तरीको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ पट्टी टोलका शम्भु मण्डलको ६ जना परिवार दृष्टिबिहीन रहेको संचारमाध्यमबाट सार्वजनिक भएपछि सप्तरी युथ नेपालको टोली शनिबार दृष्टिबिहीनको परिवारलाई सहयोग गरेका छन् ।
६ जना दृष्टिबिहीनलाई दुई थानका दरले कम्बल र नगद रु पाँच हजार उपलब्ध गराइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले जानकारी दिनुभयो ।
शनिबार सो गाविसमा युवाहरुको टोली जाँदा दृष्टिबिहीन परिवारका एक जना दुई बर्षे बालकलाई अत्यधिक ज्वरो लागेको देखेपछि उनीहरुले चिकित्सक लगि उपचार गराएका छन् । ज्वरो लागेको बेला कुनै औषधि समेत नचलाएको अवस्थामा युवाहरुले नै चिकित्सक लगी उपचार गराउँदै औषधिको व्यवस्था गरिदिएका हुन् ।
परिवारका ठूला सदस्य दाई ५० वर्षिय शम्भु मण्डल, भाई ४५ वर्षिय शिव नारायण मण्डल, उनकी श्रीमती ४० वर्षिया गिता देवी मण्डल र उनका ८ वर्षिय छोरा भुपेन्द्र मण्डल, शम्भुकी बहिनी ४२ वर्षिय जयकला देवी मण्डल र उनका श्रीमान्सहित ६ जना नेत्रहीन छन् । त्यस मध्ये शिवनारायणका छोरा भुपेन्द्रलाई अहिले केही दिनदेखी साँझपख देख्न छोडेको छ भने बहीनी जयकला नेत्रहीन सँगै शरिरीक अपाङ्गता समेत छिन् ।
यसअघि १६ जनाको एउटै परिवारका दुई दाजु भाई, श्रीमति, छोरा, उनका बहिनी ज्वाईसहित ६ जना अपाङ्ग रहेको समाचार विभिन्न संचार माध्यममा प्रकाशन प्रसारित भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ