News Category 2073/09/24
नेपालमा ज्ञानेन्द्र साह, ओली साह र कमल साहले एउटै भाषा बोलि रहेको आरोप
राजविराज÷बैद्विक समाज सप्तरीले ‘बर्तमान परिस्थितिमा राजनीति’ बिषयक अन्तरकृया कार्यक्रम शनिबार राजविराजमा आयोजना गरेको छ ।
आयोजित कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नेपालको सत्ताले मधेशी जनतालाई सधैं धोखा दिदै आएको बताउनुहुँदै २००७ साल देखि २०७३ साल सम्मको संविधान पढेको तर यो संविधान पढ्दा अधिकार थाहै नलागेको जिकिर गर्नुभयो ।
उहाँले सबै नेतालाई राजाकै संज्ञा दिँदै अहिले नेपालमा ज्ञानेन्द्र साह, ओली साह र कमल साहले एउटै भाषा बोलि रहेको आरोप लगाउनुभयो । अहिले मार्गदर्शनको आवश्यकता रहेको बताउँदै उहाँले वर्तमान आन्दोलनमा अंहकारलाई प्mयाँकेर सबैलाई सहयोग गर्नु आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक डा. देवनाथ यादवले अहिलेको समयमा सानो सोचको राजनीतिककर्मीहरु मात्र जन्मिने गरेको बताउँदै अहिले जन्मिने नेताहरु आप्mनो स्वार्थको लागि मात्र राजनैतिक गर्ने गरेको आरोप समेत लगाउनुभयो ।
राजनीतिज्ञ रामरिझन यादवले राजनीतिक सेवा भएपनि अनेकौ पार्टी स्थापना गरी यसलाई व्यापारमा परिणत गरेको बताउनुभयो । निःस्वार्थ राजनैतिक गर्न खुशी लाल मण्डलको उदाहरण दिदै उहाँले मधेशको राजनीतिलाई खुशीलाल पथमा रुपान्तर गर्न सके मात्र मधेशले अधिकार पाउने दाबी गर्नुभयो । यता प्राध्यापक अमरकान्त झाले नेताहरु आफ्नो स्वार्थका लागि मात्रै आन्दोलन गरिरहेको बताउनुभयो । शिक्षक कैलास यादवले पनि नेताहरु आफ्नो स्वार्थसिद्धीका लागि मात्रै राजनीति गरिरहेको आरोप लगाउनुभयो ।
त्यस्तै कार्यक्रममा अधिकांश वक्ताहरुले अहिलेको परिवेशमा लामो सोचको राजनैतिक गर्ने नेताको खाँचो रहेको औल्याउनुभयो ।
समाजका संयोजक सुगम्बर यादवको अध्यक्षतमा सम्पन्न अन्तरक्रियामा विवेकानन्द सिंह, मिथिलेश कुमार यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीलगायतले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ