News Category 2073/09/24
शंकर माविमा संस्थापक स्व. श्रेष्ठको सालिक अनावरण
राजविराज÷सप्तरीको सर्वाधिक पुरानो मध्ये एक शंकर माध्यमिक विद्यालय रुपनगरका संस्थापक स्व. कुमारलाल श्रेष्ठको शनिवार एक कार्यक्रमबीच विद्यालय प्रांगणमा सालिक अनावरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले उक्त सालिकको अनावरण गर्नुभएको हो ।
कार्यक्रममा जिशिअ पाण्डेका साथै संस्थापक स्व. श्रेष्ठका छोरा पुर्व डिआईजी प्रेमलाल श्रेष्ठ, डा. रोहित पोखरेल, प्रधानाध्यापक दिगम्वर साह, पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, शिक्षक युनियन महासंघका अध्यक्ष फुलेश्वर मण्डल, समाजसेवी जितवहादुर श्रेष्ठ लगायतले शिक्षा क्षेत्रमा स्व. श्रेष्ठले गरेको योगदानको बारे चर्चा गर्नुभएको थियो ।
सोही अवसरमा स्व. स्टेफन श्रेष्ठको नाममा आमा नताशा र श्रीमती श्रद्धा श्रेष्ठले विद्यालय अक्षय कोषका लागि १ लाख ११ हजार १ सय १ रुपैयाँको चेक, स्व. वालकुमारी राजवाहकको नाममा नाती गोपाल राजवाहक तथा सागर राजवाहकले विद्यालयका लागि १ लाख ११ हजार १ सय १ रुपैयाँ नगद सहयोग उपलब्ध गराउनुभएको थियो ।
त्यस्तै समद लाकौल र उनकी वहिनी सोमा लाकौलले १ थान कम्प्युटर तथा एलिजा र सविना श्रेष्ठ (दिदी वहिनी) ले संयुक्त रुपमा १ थान ल्यापटक विद्यालयलाई सहयोग गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथी पाण्डेले शिक्षा क्षेत्रमा योगदान पु¥याए वापत जीत वहादुर श्रेष्ठ, लेखनाथ श्रेष्ठ, कौशल्यादेवी दास, प्रकाश दाहाल, सरिता ढकाल तथा स्व. पशुपतिनाथ पोखरेल (मरणोपरान्त) लाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी, शिक्षकका साथै स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो भने विद्यालयका वालवालिकाहरुवाट सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ