News Category 2073/09/24
रामसपा निकट दुई संघ गठन
राजविराज÷राष्ट्रिय मधेश समाजवादी पार्टी निकट आदिबासी जनजाति संघ र समाजबादी शिल्पि (दलित) संघको एक भेलाबाट शनिबार राजविराजमा गठन भएको छ ।
भेलाबाट श्री नारायण मण्डलको अध्यक्षतामा १७ सदस्यीय समाजबादी आदिबासि जनजाति संघ सप्तरी जिल्ला कमिटी गठन गरिएको छ ।
गठित समितिको उपाध्यक्षद्वयमा शिव नारायण चौधरी, टिकालाल मण्डल, कपिलदेव मण्डल, सचिवमा शिवजी मण्डल र सदस्यहरुमा क्रमश भोला प्रसाद मण्डल, दिलिप कुमार मण्डल, सत्य नारायण मण्डल, सुरेन्द्र कुमार मण्डल, चन्द्रकला मण्डल, श्रवण कुमार चौधरी, गोदाई चौधरी, लक्ष्मण मण्डल सहितकाहरु रहेका छन । त्यस्तै केन्द्रीय प्रतिनिधिमा बिशेश्वर मण्डललाई पठाउने सिफारिस गरिएको छ ।
यस्तै सोही भेलाबाट राजकुमार खंगको अध्यक्षतामा २५ सदस्यीय समाजबादी शिल्पि (दलित) संघ सप्तरी जिल्ला कमिटी गठन गरिएको छ ।
गठित समितिको उपाध्यक्षद्वयमा हरेराम खंग, जुनाई लाल सरदार, सचिवमा लक्ष्मी प्रसाद खंग, सहसचिवमा राम लाल सरदार, कोषाध्यक्षमा बुचनी सदा रहेकी छिन । त्यस्तै सदस्यहरुमा क्रमश मनि चन्द्र खंग, श्रवण राम, गुरुदयाल राम, मिथुन सरदार, लक्ष्मण खंग, सुकदेव राम, राजलाल सरदार सहितकाहरु रहेका छन । केन्द्रीय प्रतिनिधिहरुमा जगदीश राम, रामरति सदा, मिना सदालाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिव तथा समाजबादी आदिबासि जनजाती संघ, समाजबादी शिल्पी संघका केन्द्रीय इन्चार्ज गजेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्य एवं समाजबादी शिल्पी (दलित) संघका केन्द्रीय संयोजक श्याम सरदारको बिशिष्ठ आतिथ्यमा आयोजित भेलामा पार्टीका केन्द्रीय सदस्य बिरेन्द्र साह, युवा लिगका केन्द्रीय उपाध्यक्ष मुकेश कर्ण, जिल्ला उपाध्यक्षद्वय राजकुमार मण्डल, जुगेशवर मण्डल, फुलदेव राम, तेजनारायण यादव, जिल्ला सचिव सत्रुधन मण्डल सहितको उपस्थिति रहेको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ