News Category 2073/09/25
राष्ट्रियता जोगाउन सबै दल अग्रसर हुनुपर्छ ः डा. भट्टराई कारागारको अवस्था नाजुक
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्रियता जोगाउन सबै दल अग्रसर हुनु पर्ने बताउनु भएको छ । राजविराज कारागारमा रहेका पार्टीका तत्कालिन जिल्ला संयोजक अरुण साहलाई आइतबार भेटघाट गर्न पुग्नु भएका डा. भट्टराइले सो कुरा बताउनु भएको हो ।
उहाँले नेपालीहरुले आफ्नो स्वाधिनता, सार्वभौमसत्ता रक्षाका लागि हिमाल, पहाड र तराई मधेशका मधेशी, आदिवासी जनजाती र खस आर्यगरि तीनवटै जातीलाई मिलाएर एउटै क्लस्टर बनाउनु पर्ने धारणा समेत राख्नुभयो ।
कारागारमै संचारकर्मीहसँग कुराकानी गर्दै संयोजक भट्टराईले इन्द्रधनुष राष्ट्रियता बनाउनका लागि जातीय क्लस्टरलाई समेटेर नेपाली राष्ट्रियता जोगाउन सबै दल अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । जातीय राजनीतिको संक्रिण परिभाषा गलत भएको भन्दै एउटा खास जातीलाई जोडेर क्लस्टर बनाए राष्ट्रियलाई अशान्तितर्फ ढकल्ने र यसले राष्ट्रियता खतरामा पर्ने भन्दै सबैलाई यसको रक्षाका लागि देशभित्र कसैले कुनै वाद नल्याउन आग्रह समेत गर्नुभयो ।
यस्तै राजविराज कारागारको विषयमा संचारकर्मीहरुले सोधेको प्रश्नमा डा. भट्टराईले कारागारको अवस्था अत्यन्त नाजुक रहेकामा यसलाई सुधारको आवश्यकता रहेको जिकिर गर्नुभयो ।
किर्ते जालसाजी मुद्दामा कैदी जीवन बिताइरहेका ९५ वर्षीय सुर्यनारायण मण्डललाई देखेपछि डा. भट्टराई आक्रोशित हुँदै अमानवीय काम भएको बताउनुभयो । उहाँले नेपालको कानुनमा आफूले बुझेसम्म ९५ वर्षीयलाई कारागारमा राख्न नमिल्ने जिकिर गर्नुभयो ।
उहाँले जाडोको समयमा पनि पक्की छाना नभएको कारागारमा कैदीहरुलाई खुल्ला ठाउँमा राखिएको बताउँदै यस्तो अमानवीय काम नगर्न आग्रह गर्नुभयो ।
एक सय २५ कैदीबन्दीको क्षमता रहेको राजविराज कारागारमा हाल ब्लक ए मा २ सय र ब्लक बी मा १ सय २ गरि जम्मा ३ सय २ कैदी बन्दीहरु रहेका छन् ।
यसपश्चात् राजविराजस्थित जिल्ला विकास समितिको हलमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले २०४७ सालको संविधान भन्दा अहिले संविधान अग्रगामी संविधान भएकोले आफूले गणतन्त्र रक्षाका लागि संविधानमा हस्ताक्षर गरेको दाबी गर्नुभयो ।
उहाँले संविधान संशोधनका लागि मधेशी दलको सहयोग आवश्यक रहेको जिकिर गर्दै संविधान विघटन भए पुनः २०४७ कै संविधान लागु हुने सक्ने खतरा समेत रहेकोले यसका लागि मधेशवादी दल सतर्क रहनु पर्ने सुझाव दिनुभयो ।
आइतबारै संयोजक डा. भट्टराईले नयाँ शक्ति पार्टी जिल्ला कार्य समिति सप्तरीको पार्टी कार्यालयको उद्घाटन समेत गर्नुभयो ।
युद्धकालमा रायपुरस्थित स्वाबलम्बन बैंकको १६ हजार रुपैयाँ जबरजस्ती कब्जा गरेको भन्दै सप्तरी जिल्ला अदालतले २०७१ सालमा उनलाई ४ वर्ष डेढ महिना जेल सजाय तोकेको थियो । मण्डल नयाँ शक्ति नेपालका सप्तरीका पूर्व संयोजक हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ