News Category 2070/06/18
सहमतिपछि संघर्ष समितिको आन्दोलन स्थगित
दैनिक संवाददाता
राजविराज, १७ असोज ।
स्थानीय निकायको कर्मचारीहरुको विभिन्न माँगहरु समयमै पुरा गराउन सम्बन्धित निकायमा गई पहल गर्न ६ सदस्यीय प्रतिनिधी मण्डल गठन गर्ने सहितका सहमति भएपछि बिगत एक महिनादेखि आन्दोलनरत स्थानिय निकाय कर्मचारी संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
आन्दोलनरत स्थानिय निकाय कर्मचारी संघर्ष समितिका पदाधिकारी तथा स्थानिय विकास अधिकारी कृष्णप्रसाद सापकोटासँगको वार्तामा सहमति भएपछि आन्दोलन स्थागित गरेको जनाएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रतिनिधी रहनु भएका स्थानिय विकास अधिकारी सापकोटासंगको वार्तामा भएको सहमती भए पश्चात असोज १७ गते देखी आन्दोलन स्थगित गरी कामकाज सुचारु गर्ने निर्णय भएको संघर्ष समितिका संयोजक परशुराम यादवले जानकारी दिनुभयो ।
स्थानीय निकायका सम्पूर्ण कर्मचारीहरुलाई निजमती कर्मचारी सरह तलब, भत्ता खुवाउन पुग्ने गरी अबिलम्ब राज्यकोषबाट आवश्यक बजेटको व्यवस्था गर्न संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफारीश गर्ने, स्थानीय निकाय सेवा आयोग तीन महिना भित्र गठन गर्न पहल गर्ने लगायतका सहमति भएपछि आन्दोलन स्थगित गरिएको संयोजक यादवले बताउनुभयो ।
तोकिएको अवधि भित्र सहमति कार्यान्वयन नभए थप सशक्त आन्दोलन गर्ने निर्णय भएको जनाएको छ ।
गाविस कर्मचारी संघ, नेपाल सप्तरीले तीन बुँदे माँग राखी गत भदौ १० गते देखी शूरु गरेको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै गाविस हकहित संरक्षण केन्द्र, स्थानीय निकाय (गाविस, नपा, जिविस) का कर्मचारीहरुले संघर्ष समिती गठन गरी जिल्ला स्थित विभिन्न पेशागत संघ संगठनको सर्मथनमा जिल्ला भरीको स्थानीय नियकायको कामकाज ठप्प पारी गत भदौ १६ गतेदेखि जिविस अगाडी धर्ना बस्दै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ