News Category 2073/09/28
स्थानिय पुनःसंरचना आयोगको प्रतिवेदन मधेश बिरोधी खारेज नगरिए प्रतिवादमा उत्रने मोर्चाको चेतावनी
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले स्थानिय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन मधेश बिरोध भएको ठहर गर्दै खारेजको माग गरेको छ ।
मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको अध्यक्षतमा बुधबार सम्पन्न बैठकले सो ठहर गरेको हो ।
बुधबारै जारि विज्ञप्तिमा नेपाल सरकारलाई स्थानिय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन जिल्लास्थित कुनै पनि राजनैतिक दलसँग सल्लाह सुझाव नलिई बुझाएको भन्दै घोर आपत्ति जनाएको छ ।
यस्तै विज्ञप्तिमा सो प्रतिवेदन यथासिघ्र खारेज गरि नयाँ ढंगबाट नगरिए मोर्चाबाट कडा प्रतिवाद र संघर्षमा समेत जाने बैठकले निर्णय गरेको उल्लेख छ ।
सम्पन्न बैठकमा मोर्चाका संयोजक मंडलसहित संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादव, सद्भावनाका जिल्ला अध्यक्ष सुनिल कुमार झा, तमसपाका अध्यक्ष कपिलदेव यादव, रामसपाका अध्यक्ष सतिश कुमार सिंह, फोरम गणतान्त्रिकका अध्यक्ष हरेराम यादव, फोरमका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सद्भावनाका केन्द्रिय सदस्य सत्यनारायण यादव, दिपेन्द्र कुमार चौधरी, रामसपाका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ