News Category 2073/09/29
प्रदेश मातहतमा स्थानिय निकाय हुनुपर्छ ः राजनीतिज्ञ मण्डल
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
बरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले प्रदेश मातहत स्थानीय निकाय हुनुपर्ने भन्दै अनि चुनावका लागि अग्रसर हुनुपर्ने बताउनु भएको छ ।
बिहीबार राजविराजस्थित आफ्नै निवासमा पत्रकारहरुसँग भेटघाट गर्दै उहाँले भन्नुभयो, “पहिले प्रदेशको चुनाव हुनुपर्छ अनि मात्र स्थानीय तहको निर्वाचन हुनुपर्छ ।”
वरिष्ठ राजनीतिज्ञ मण्डलले संविधानलाई विफल बनाउन स्थानीय चुनाव सुरुमै गर्न लागेको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो, “ओली भन्छन हाम्रा पुर्खाले लड्न सिकायो, भारत, चिन, अमेरिकासँग त लड्न सक्दैन, अहिले गोरा पनि छैनन्, कोही नभेटेपछि मधेसी थारुसँग लड्न खोजेका छन् ।”
मुलुकमा आन्दोलन मार्फत आएको उपलब्धी समाप्त पार्न एमाले, जनमोर्चा, मालेसहित राजावादी तत्व लागिपरेको आरोप समेत उहाँले लगाउँनुभयो ।
अहिलेको परिस्थितमा मुलुकलाई अगाडि बढाउनुको साटो पछाडी धकल्ने पूर्ण प्रयास भइरहेको दाबी गर्दै उहाँले भन्नुभयो, “भविष्यमा मुलुक विखण्डनको खतरामा रहेको छ ।”
वरिष्ठ राजनीतिज्ञ मण्डलले मधेसी थारु आदिवासीहरुले अधिकार पाउनुले मुलुक विखण्डन नहुने दाबी गर्दै मुलुक झनै सशक्त हुने विचार व्यक्त गर्नुभयो ।
यस्तै उहाँले पत्रकार भेटघाटमा स्थानिय निकायको पुर्नसंरचना सम्बन्धी आयोगले सार्वजनिक गरेको प्रतिवेदन मधेशीहरुको विपक्षमा रहेको भन्दै कसैसँगै छलफलै नगरि आएको प्रतिवेदन अमान्य भएको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ