News Category 2073/09/29
प्रदेश मातहतमा स्थानिय निकाय हुनुपर्छ ः राजनीतिज्ञ मण्डल
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
बरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले प्रदेश मातहत स्थानीय निकाय हुनुपर्ने भन्दै अनि चुनावका लागि अग्रसर हुनुपर्ने बताउनु भएको छ ।
बिहीबार राजविराजस्थित आफ्नै निवासमा पत्रकारहरुसँग भेटघाट गर्दै उहाँले भन्नुभयो, “पहिले प्रदेशको चुनाव हुनुपर्छ अनि मात्र स्थानीय तहको निर्वाचन हुनुपर्छ ।”
वरिष्ठ राजनीतिज्ञ मण्डलले संविधानलाई विफल बनाउन स्थानीय चुनाव सुरुमै गर्न लागेको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो, “ओली भन्छन हाम्रा पुर्खाले लड्न सिकायो, भारत, चिन, अमेरिकासँग त लड्न सक्दैन, अहिले गोरा पनि छैनन्, कोही नभेटेपछि मधेसी थारुसँग लड्न खोजेका छन् ।”
मुलुकमा आन्दोलन मार्फत आएको उपलब्धी समाप्त पार्न एमाले, जनमोर्चा, मालेसहित राजावादी तत्व लागिपरेको आरोप समेत उहाँले लगाउँनुभयो ।
अहिलेको परिस्थितमा मुलुकलाई अगाडि बढाउनुको साटो पछाडी धकल्ने पूर्ण प्रयास भइरहेको दाबी गर्दै उहाँले भन्नुभयो, “भविष्यमा मुलुक विखण्डनको खतरामा रहेको छ ।”
वरिष्ठ राजनीतिज्ञ मण्डलले मधेसी थारु आदिवासीहरुले अधिकार पाउनुले मुलुक विखण्डन नहुने दाबी गर्दै मुलुक झनै सशक्त हुने विचार व्यक्त गर्नुभयो ।
यस्तै उहाँले पत्रकार भेटघाटमा स्थानिय निकायको पुर्नसंरचना सम्बन्धी आयोगले सार्वजनिक गरेको प्रतिवेदन मधेशीहरुको विपक्षमा रहेको भन्दै कसैसँगै छलफलै नगरि आएको प्रतिवेदन अमान्य भएको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ