News Category 2073/09/29
मातृभाषामा पठनपाठन हुन नसकेकोमा चिन्ता व्यक्त
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
“मातृभाषामे शिक्षाः एक डेग” विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
मिथिलाक अनुपम डेग नामक संस्थाद्वारा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका देवेन्द्र मिश्रले राज्यले मातृभाषामा पठनपाठन गर्ने प्रतिवद्धता (–स्जनाइसक्दा समेत हालसम्म पनि कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले मल्लकालीन समय मैथिली भाषाकालागि स्वर्णिम समय भएको चर्चा गर्दै शाहवंशीय शासनकालको प्रारम्भ भएपछि मैथिली भाषामाथि दमनको शुरुवात भएको उल्लेख गर्नुभयो ।
राज्यले नै निर्दिष्ट गरेको विषयलाई कार्यान्वयन नगरेकोमा आपत्ति जनाउँदै उहाँले मातृभाषामा पठन–पाठन कार्यलाई कार्यान्वयनमा ल्याउन सम्पूर्ण मातृभाषी जागरुक भई सशक्त भूमिका निर्वाह गनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दहेजमुक्त मिथिलाका अन्तर्राष्ट्रिय अध्यक्ष प्रवीणनारायण चौधरीले मातृभाषामा पठन–पाठन नभएसम्म मैथिली भाषाको विकास नहुने बताउनुभयो ।
‘मिथिलाक अनुपम डेग’की अध्यक्ष आरती झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष जनआनन्द मिश्र, मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु कुमार मण्डल, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष तथा राजनीतिक विष्लेशक प्राध्यापक अमरकान्त झा, डा. अखिलेश झा, मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, प्रा. अशोक झा, मैथिल महिला परिषद्की पूर्व अध्यक्ष समेत रहेकी तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य साधना झा, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. प्रयाग यादव, साहित्यकार ब्रजमोहन झा, महोत्तरीका मैथिली अभियानी प्रशान्त सविता अर्जुन झा, मैथिलीकर्मी संजोग देवलगायतले मातृभाषामा पठन–पाठन हुनुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा मैथिली अभियानी प्रवीण नारायण चौधरीले कक्षा १० सम्मका छात्रछात्राले मैथिलीमा कथा, कविता, निबन्ध आदि लेखेमा मिथिलाक अनुपम डेगले मूल्यांकन गरेर जानकारी प्रथमलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । सोही अन्तरक्रियाले ७ बुँदे घोषणा–पत्र समेत जारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ