News Category 2073/10/01
रावि नपाको १४ करोड २७ लाख ८४ हजार ६ सय प्रस्तावित आयव्यय सार्वजनिक, सडक, कान्जी हाउस, फोहोर मैला व्यवस्थापन, पार्क निर्माण, सोलार बत्ति जडान लगायतमा विशेष प्राथमिकता
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
राजविराज नगरपालिकालाई ग्रिन राजविराज, क्लिन राजविराजको अवधारणालाई विशेष जोड दिँदै गो ग्रिन अभियान अघि बढाउन शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
स्बाबलम्वी, जागरुक, सुसंस्कृत, चेतनशिल, नगरबासीको स्व्च्छ, सफा, हरित, समृद्ध राजविराज भन्ने मुल नाराका साथ शुक्रबार राजविराज नगरपालिकाको २० औं नगर परिषदबाट पारित नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकीकरण समारोहमा सहभागिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
सो समारोहमा नगरपालिकाका कार्यकारी अधिकृत धिरेन्द्र कुमार यादवले चालु आ.ब. २०७३÷०७४ को अनुमानित आयव्यय १५ करोड १६ लाख ८४ हजार ६ सय तथा अगामी आव २०७४÷०७५ को अनुमानित १४ करोड २७ लाख ८४ हजार ६ सयको प्रस्तावित आयव्यय सार्वजनिकीकरण गर्नुभएको छ ।
सो बजेट सार्वजनिकीकरणमा चालु तर्फ ५ करोड, ९५ लाख ४ हजार र कुल पुजिगत तथा बाहिरी श्रोततर्फ ८ करोड ३२ लाख ८० हजार ६ सय जसमा आर्थिक सामाजिक र भौतिक पूर्वाधार विकास तथा प्रवद्र्धनात्मक विकास कार्यक्रम खर्चतर्फ ७ करोड ६९ लाख एक हजार र लक्षित वर्ग कार्यक्रम खर्चतर्फ ६३ लाख ७९ हजार ६ सय रकम छुट्टयाइएको जनाइएको छ ।
सो परिषदबाट नगरमा साँस्कृतिक संग्रालय तथा नाच घर निर्माण, शौचालय, खानेपानी, नाला सहितको पक्की सडक निर्माण, कान्जी हाउस, फोहोर मैला व्यवस्थापन, वडा कार्यालय तथा सामुदायिक स्तरको भवन निर्माण, पार्क निर्माण र सोलार बत्ति जडान लगायतलाई उच्च प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भारतको जयपुर नक्सामा बनाईएको राजविराज नगरपालिकाको हाट व्यवस्थापनका साथै माछा, मासु पसलको उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी उहाँले बन्द रहेको बसपार्क अविलम्व संचालनमा ल्याउनुका साथै ढल निकास, दिर्घकालिन रुपमा फोहोर व्यवस्थापन र बारुण यन्त्र सधै चुस्त दुरुस्त बनाउनेतर्फ नगरपालिकाले ध्यान दिनुपर्नेमा समेत जोड दिनुभयो ।
नगरपालिकाका कार्यकारी अधिकृत धिरेन्द्र कुमार यादवको अध्यक्षता तथा नगरपालिकाका पुर्व मेयरद्वय गोबिन्द सिंह र शैलेश चौधरीको प्रमुख आतिथ्यमा आयोजित नगर परिषद्मा नेपाली काग्रेसका सभापति दिनेश कुमार यादव, एमालेका अध्यक्ष गोविन्द न्यौपाने, नागरिक संजालका सुखराम यादव, नेपाल पत्रकार महासंघका कावा अध्यक्ष श्रवण कुमार देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला स्वयसेविका शारदा मुड्भरी, बाल संजालका अध्यक्ष अमर कुमार यादव, समाजवादी पार्टीका कामानन्द माझी, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान सहितकाहरुले नगरपालिकाको मुहार फेर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ