News Category 2073/10/03
गम्हरिया प्रवाहा खुल्ला दिसा मुक्त एवं पूर्ण खोपमुक्त तथा सतप्रतिशत विद्यार्थी भर्ना गाविस घोषणा
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
सप्तरी जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य बमोजिम जिल्लाको गम्हरिया प्रवाहा गाविसलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ ।
सो गाविसमा आइतबार आयोजित खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रममा गम्हरियालाई जिल्लाको ३५ औं गाविसको रुपमा घोषणा गरिनुका साथै पूर्ण खोपमुक्त तथा ४ बर्षदेखि १० बर्ष भित्रका आधारभुत तहका सम्पुर्ण सतप्रतिशत बिद्यार्थी भर्ना घोषणा समेत घोषणा गरिएको छ ।
आयोजित खुला दिसामुक्त गाविस घोषणा कार्यक्रममा स्थानिय विकास अधिकारी सुदेव पोखरेलले चार किला घोषणा पत्र पढेर गम्हरिया प्रवाहा गाविसलाई खुला दिसामुक्त गाविसा घोेषणा गर्नुभयो ।
गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति गम्हरिया प्रवाहाको आयोजना तथा सवल नेपालको सहजिकरण तथा आसमान नेपालको समन्वयमा आयोजित खुला दिसामुक्त गाविस एवम पुर्ण खोप घोषणा तथा सतप्रतिश बिद्यार्थी भर्ना कार्यक्रममा बिष्टि अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हरिशचन्द्र साह तथा जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र प्रसाद यादव, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, जिविसका अधिकृत नवराज खड्का, वासका जिल्ला संयोजक मिथिलेश कुमार यादव, युएनह्याबिटासका जिल्ला संयोजक हरि बुढाथोकी, एसएनभी वासका सल्लाहकार कृष्ण जिसी, जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति दामोदर ठाकुर, नेपाल पत्रकार महासंघका कावा अध्यक्ष श्रवण कुमार देव, आरआरएन सप्तरीका संयोजक दिनेश अर्याल, सवल नेपालका परमेश्वर झासहितका वक्ताहरले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
गाविस गम्हरिया प्रवाहका सचिव हरेराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रम एलजिसिडिपीका सामाजिक परिचालक शिवशंकर मेहताले संचालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा जिल्लाका कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ