News Category 2073/10/03
राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईयो
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
‘‘भुकम्पीय सुरक्षाको वलियो आधार, भुईचालो थेग्ने घर र भौतिक पुर्वाधार’’ नाराका साथ आइतबार राजविराजमा १९ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७३ मनाईएको छ ।
सो दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय, सप्तरी तथा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीको आयोजनामा बिहान स्थानिय शिव मन्दिरको प्राङ्गणबाट प्रभातफेरी समेत निकालिएको छ ।
¥यालीपश्चात् डिभिजन कार्यालय सप्तरीको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भूकम्पबाट हुने क्षति, भवन बनाउँदा राष्ट्रिय भवन संहिता २०६० को पालना गर्दै भूकम्प प्रतिरोधात्मक भवन बनाउन तर्फ सबैले सचेत रहनु पर्नेमा जोड दिनुभयो ।
डिभिजन कार्यालय सप्तरीका डिभिजन प्रमुख मिलन अचार्यको अध्यक्षमा आयोजित कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, निर्माण व्यवसायीका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा डिभिजन कार्यालय सप्तरीका ई. सुरेन्द्र कुमार साहले गत बिगत वर्षहरुमा भएका भूकम्पका घटना, त्यसबाट भएका हानी नोक्सानी र भूकम्पबाट बच्नुपर्ने उपायहरुका बारेमा प्रस्तुतीकरण समेत गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ