News Category 2073/10/04
सुरक्षा घेराबीच कटैया ३६ औं खुल्ला दिसा मुक्त गाविस घोषणा
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
सप्तरीको कटैयालाई सोमबार ३६ औं गाविसको रुपमा खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको छ । तर, यो गाविसलाई अन्य ३५ गाविस भन्दा फरक ढंगले खुल्ला दिसा मुक्त घोषणा गरिएको छ ।
घोषणा कार्य हुनु अगावै मञ्चीय कार्यक्रमकै क्रममा स्थानिय एमाले नेता सुर्यनारायण माझी नेतृत्वमा आएको एक समूहले मञ्च तोड्फोड गर्न शुरु गरेपछि घोषणा कार्यक्रम केहि बेरका लागि अवरुद्व भएको थियो ।
सो समूहले मञ्च, माइक र कुर्सी तोडफोड् गर्न शुरु गरेका थिए । त्यस क्रममा ती समूहबाट फालिएको फलामको टुक्रा लागेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजका प्रमुख लोकेन्द्र यादव सामान्य घाइते भएका थिए भने सोही क्रममा स्थानियहरुले प्रहार गरेको कुर्सी लागेर एक स्थानियको टाउँको समेत फुटेको छ ।
हरेक घरमा ट्युवेलको व्यवस्था हुनु पर्ने माग गर्दै सो समूहले कार्यक्रमप्रति असन्तुष्टि जनाएका थिए । यता थप तनाव हुन थालेपछि गाविसमा सुरक्षाका लागि खटिएका केही प्रहरीहरुले उनीहरुलाई सम्झाउन खोज्दा झन आक्रोसित बनेपछि पत्थरगाडा प्रहरी चौकीबाट थप सुरक्षाकर्मी त्यहा पुगेका थिए ।
थप सुरक्षाकर्मी त्यहा पुगेपछि कार्यक्रम स्थललाई सुरक्षा प्रदान गरेपश्चात् सोमबार साँझ सुरक्षा घेरामा गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गरिएको हो ।
गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति कटैयाको आयोजना तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहजिकरणमा जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र प्रसाद यादवले गाविसको घोषणा पत्र पढेर खुल्ला दिसा मुक्त घोषणा गर्नुभयो ।
सो कार्यक्रममा वासका जिल्ला संयोजक मिथिलेश कुमार यादव, युएनह्याबिटासका जिल्ला संयोजक हरि बुढाथोकी, एसएनभी वासका सल्लाहकार कृष्ण जिसी, नेपाल पत्रकार महासंघका कावा अध्यक्ष श्रवण कुमार देव, आरआरएन सप्तरीका संयोजक दिनेश अर्याल, सवल नेपालका परमेश्वर झासहितका वक्ताहहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ