News Category 2073/10/05
होटलमा बसेर सार्वजनिक गरिएको प्रतिवेदनप्रति माओवादी केन्द्रका सांसदद्वयको असन्तुष्टि
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
सत्तासिन माओवादी केन्द्रका सप्तरीबाट प्रतिनिधित्व गर्ने दुई सांसदले स्थानिय तह पुर्नसंरचना आयोगले सप्तरीमा विभाजन गरेको गाउँपालिका र नगरपालिकाप्रति असन्तुष्टि जनाउनु भएको छ ।
मंगलबार प्रेस सेन्टर सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा सप्तरी क्षेत्र नं. १ का सांसद मानपुर चौधरी र २ नं. क्षेत्रका सांसद अशोक कुमार मण्डलले काठमाडौंको कुनै होटलमा बसेर सार्वजनिक गरेको प्रतिवेदनप्रति तिब्र असन्तुष्टि जनाउनु भएको हो ।
उहाँहरुले स्थानीय तह पुर्नसंरचना आयोगले सप्तरीमा विभाजन गरेको गाउँपालिका र नगरपालिका अविलम्ब सच्चाउन माग समेत गर्नुभयो ।
सो सम्मेलनमा माओवादी केन्द्रका सांसदद्वय तथा केन्द्रीय नेताहरुले आयोगद्वारा गरिएको स्थानीय तह विभाजन सैद्धान्तिक, राजनैतिक र ब्यवहारिक नभएको भन्दै अविलम्ब सच्चयाउन माग गर्नु भएको छ ।
आफुहरुले आयोगलाई पटक पटक जिल्लामा बसेर स्थानीय तहको सिमांकन छुट्याउन भन्दा पनि काठमाण्डौको होटेलमा बसेर विभाजन गर्दा स्थानीयस्तरमा तीब्र असन्तुष्टी कायम भएको र यसलाई थेग्न सक्ने अवस्था नभएको सांसद अशोक कुमार मण्डलको भनाई छ ।
सोही पत्रकार सम्मेलनमा अर्का सांसद मानपुर चौधरीले आयोगले आफूलाई पनि काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी होटलमा सप्तरीको स्थानिय तहको पुर्नसंरचना सम्बन्धी बैठक छ भनी खबर गरेपश्चात् आफू त्यसप्रति असन्तुष्टि जनाउँदै नगएको स्पष्ट पार्नुभयो ।
प्रेस सेन्टर सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पोलिटब्यूरो सदस्य महेश यादव, देबनाथ यादवसहितका नेताहरुले जनसंख्याको आधारमा स्थानीय तहको सिमांकन नसच्याईए आफुहरु बाध्य भई आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
आयोगको प्रतिवेदनअनुसार मुलुककै सबभन्दा बढी गाविस रहेका सप्तरीमा ६ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको सिमा निर्धारण गरेको छ । अहिलेको सिमा निर्धारणले कतिपय ऐेतिहासिक ठाउँको नाम हराउने अवस्थामा पुगेको छ भने ठुलो ठुलो क्षेत्रफल हुँदा सर्वसाधारणलाई पहिलेभन्दा बढी समस्या भोग्नुपर्ने स्थित उत्पन्न भएको माओवादी केन्द्र सप्तरीको दाबी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ