News Category 2073/10/07
संविधान संशोधन राष्ट्रियहितकै लागि ः गृहमन्त्री निधी
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधीले संविधान संशोधन प्रस्ताव राष्ट्रियहितकै लागि संसदमा दर्ता गरिएको दाबी गर्नुभएको छ ।
नेपाली काँग्रेस सप्तरी क्षेत्र नं ४ को आयोजनामा बिहीबार सप्तरीको नर्घो गाविसस्थित झौरहा चौकमा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो गर्नुभएको हो ।
आयोजित सभालाईलाई सम्बोधन गर्दै मन्त्री निधीले एमाले मधेशी बिरोधी पार्टी बन्दै गरेको आरोप लगाउँदै अहिलेको सिमांकन, नागरिकता र संघीयता बारेको संविधान संशोधन प्रस्ताव राष्ट्रियहित, संघीयतावादी र मधेशी जनताको हकहितको प्रस्ताव रहेको दाबी समेत गर्नुभयो ।
संविधान जारि गर्ने बेलामा एमालेसहित सम्पूर्ण संसदवादी दलहरुले संविधान संशोधन गर्ने सहमति गरे अनुसार नै संविधान संशोधन गर्न लागेको बताउँदै उहाँले एमाले जति उफ्रिएर संसद अवरुद्ध गरे पनि वर्तमान सरकारले संसदबाटै संशोधन प्रस्ताव पारित गरेरै छाड्ने उल्लेख गर्नुभयो ।
उहाँले हिम्मत भए तराई मधेसका जिल्लाहरु नेपालको होइन भनेर एमालेका नेताहरुलाई भन्न चुनौति दिँदै संविधान संशोधन हिमाल र पहाडका जनताका साथै आदिवासी, जनजाति, पिछडिएका सबैलाई चाहिएकोले प्रस्ताव दुई तिहाईले पारित हुने उहाँको दाबी छ ।
संविधान संशोधन प्रस्ताव पारित भए राष्ट्रघाती हुने बताउँदै आएको नेकपा एमालेलाई लक्षित गर्दै मन्त्री निधीले २२ जिल्ला नेपालकै मधेश भएकोले त्यहा बस्ने मधेशीहरुको मागप्रति नेपाली काँग्रेस गम्भिर रहेको जिकिर गर्नुभयो । उहाँले एमालेलाई मधेश र मधेशी बिरुद्ध घृणात्मक अभिव्यक्ति नदिने आग्रह गर्दै एमाले मधेश बिरोधी पार्टी भएकोले मधेशी जनतालाई सचेत हुन आग्रह समेत गर्नुभयो ।
सभामा उपस्थित जनसमुदायलाई मन्त्री निधीले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघियता, धर्म निरपेक्ष, समावेशिता, मिश्रित निर्वाचन प्रणाली र अहिंसा र शान्तिको मन्त्र भन्न समेत लगाउनुभएको थियो ।
आयोजित सभामा नेकपा एमाले, संघीय समाजवादी फोरम, सदभावना पार्टी, तमलोपालगायतका पार्टी परित्याग गरि करिब एक हजार व्यक्ति काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले जानकारी दिनुभयो । सोही सभामा सद्भावना पार्टी सप्तरीका जिल्ला सदस्य बिरेन्द्र यादव समेत काँग्रेसमा प्रवेश गर्नुभयो ।
ट्याक्टर, जिप, कार, बस लगायत दुई सय सवारीसाधनहरुबाट जिल्लाको विभिन्न गाविसहरुबाट व्यक्तिहरु जनसभामा सहभागि भएको आयोजन समितिका संयोजक मो. समिमले जानकारी दिनुभयो ।
यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको बरमझियामा कार्यालय प्रमुखहरूलाई विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सम्पन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
उहाँले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताउनुभयो ।
उहाँले सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाहीसमेत गरिने बताउँदै वर्तमान संविधान गतिशील दस्तावेज भएकाले सबैलाई सन्तुष्ट पार्न संविधान संशोधन अवश्यक रहेको भन्नुभयो ।
सो कार्यक्रममा निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थानका कार्यालय प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ