News Category 2073/10/07
दृष्टिबिहीनलाई भद्रगोल र जिगरी पाँडे प्रतिष्ठानद्वारा सहयोग
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरीको गम्हरिया प्रवाहा गाविसका दृष्टिबिहीनलाई हास्य टेलिश्रृङ्खला भद्रगोल र जिगरी पाँडे प्रतिष्ठानको टोलीले सहयोग गरेको छ ।
सप्तरी युथ नेपालको समन्वयमा उक्त टोलीद्वारा ती परिवारलाई एक सय किलो चामल, १० किलो आलु, १० किलो प्याज, १० लिटर खाने तेल, चार वटा हर्लिक्स, एक बोरा भुजा, एक बोरा च्यूरा, तीन किलो चिनी, एक दर्जन नुहाउने र लुगा धुने साबुन ती परिवारलाई बिहीबार हस्तान्तरण गरेको छ ।
यस्तै दृष्टिबिहीनका साथै उनको परिवारका १७ जना सदस्य मध्ये पुरुषका लागि तल र माथिको ट्रयाक सुट र महिलाका लागि स्वेटर प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलसहितका पदाधिकारी तथा युवा अभियन्ता रमेश प्रसादको सहयोगमा सप्तरी युथ नेपालको समन्वयमा उनीहरुलाई सामग्री बितरण गरिएको हो ।
कट्टेल, साहसहित सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादव, बिष्णु यादव, अमर यादवसहितका पदाधिकारीहरु मिलेर बिहीबार उनीहरुलाई राहत स्वरुप यी सामग्रीहरु प्रदान गरिएको छ ।
यसैबीच टेलिश्रृङ्खला भद्रगोल एवं जिगरी पाँडे प्रतिष्ठानले दृष्टिबिहीन परिवारलाई घर बनाइदिने घोषणा गरेको छ ।
सप्तरी युथ नेपालको समन्वयमा उनीहरुलाई तीन कोठे घर बनाइदिने प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल ‘जिगरी’ ले जानकारी दिनुभयो ।
सप्तरीको गम्हरिया प्रवाहा गाविस ४ का शम्भु मण्डल, उनका भाई ४५ बर्षीय शिबनारायण मण्डल, पत्नी ४० बर्षीया गीतादेवी र छोरा भुपेन्द्र तथा उनीहरुकी ४१ बर्षीया बहिनी जयकला र उनका श्रीमान दृष्टिबिहीन छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ