News Category 2073/10/07
दृष्टिबिहीनलाई भद्रगोल र जिगरी पाँडे प्रतिष्ठानद्वारा सहयोग
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरीको गम्हरिया प्रवाहा गाविसका दृष्टिबिहीनलाई हास्य टेलिश्रृङ्खला भद्रगोल र जिगरी पाँडे प्रतिष्ठानको टोलीले सहयोग गरेको छ ।
सप्तरी युथ नेपालको समन्वयमा उक्त टोलीद्वारा ती परिवारलाई एक सय किलो चामल, १० किलो आलु, १० किलो प्याज, १० लिटर खाने तेल, चार वटा हर्लिक्स, एक बोरा भुजा, एक बोरा च्यूरा, तीन किलो चिनी, एक दर्जन नुहाउने र लुगा धुने साबुन ती परिवारलाई बिहीबार हस्तान्तरण गरेको छ ।
यस्तै दृष्टिबिहीनका साथै उनको परिवारका १७ जना सदस्य मध्ये पुरुषका लागि तल र माथिको ट्रयाक सुट र महिलाका लागि स्वेटर प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलसहितका पदाधिकारी तथा युवा अभियन्ता रमेश प्रसादको सहयोगमा सप्तरी युथ नेपालको समन्वयमा उनीहरुलाई सामग्री बितरण गरिएको हो ।
कट्टेल, साहसहित सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादव, बिष्णु यादव, अमर यादवसहितका पदाधिकारीहरु मिलेर बिहीबार उनीहरुलाई राहत स्वरुप यी सामग्रीहरु प्रदान गरिएको छ ।
यसैबीच टेलिश्रृङ्खला भद्रगोल एवं जिगरी पाँडे प्रतिष्ठानले दृष्टिबिहीन परिवारलाई घर बनाइदिने घोषणा गरेको छ ।
सप्तरी युथ नेपालको समन्वयमा उनीहरुलाई तीन कोठे घर बनाइदिने प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल ‘जिगरी’ ले जानकारी दिनुभयो ।
सप्तरीको गम्हरिया प्रवाहा गाविस ४ का शम्भु मण्डल, उनका भाई ४५ बर्षीय शिबनारायण मण्डल, पत्नी ४० बर्षीया गीतादेवी र छोरा भुपेन्द्र तथा उनीहरुकी ४१ बर्षीया बहिनी जयकला र उनका श्रीमान दृष्टिबिहीन छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ