News Category 2070/06/19
प्रहरी दिवसमा एक दर्जन प्रहरी पुरस्कृत, अक्षय कोष स्थापनाको घोषणा
दैनिक संवाददाता
राजविराज, १८ असोज ।
५८ औं प्रहरी सेवा दिवसको अवसरमा सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजले आफ्ना माहतको प्रहरी कार्यालयहरुमा रहेर उत्कृष्ट काम गर्ने एक जना प्रहरी प्रहरी हवल्दार र दश जना प्रहरी जवानहरुलाई पुरस्कृत गरेको छ ।
उत्कृष्ट काम गरेबापत प्रहरी हवल्दार ब्रहमदेव यादव, प्रहरी जवानहरु जगदेव राई, भोला पासवान, सुरेन्द्र लामा, दिलिपकुमार यादव, युद्धसागर चौधरी, सन्तोष खतिवडा, संजय श्रेष्ठ, महानन्द यादव, प्रेम बहादुर अधिकारी र मुनादेवी कार्की पुरस्कृत भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, बरिष्ठ प्रहरी उपरिक्षक खत्री, नेपाली सेनाका गणपति राजेन्द्रमणि गिरी, सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्य, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक ओम कुमार खत्री लगायतले संयुक्त रुपमा उहाँहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो ।
यसैगरी प्रहरी दिवसकै अवसरमा सम्पन्न भएको म्युजिक ह्वीलचेयर खेलमा प्रथम भएकी प्रहरी जवान तारा बुढाथोकी र हण्डीफोर खेलमा बिजयी भएको नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवलाई समेत नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरियो ।
त्यस्तै महिलना हिंसा न्युनिकरण र चनचेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान पु¥याएको भन्दै महिला अधिकारकर्मी तथा सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्चकी आभासेतु सिंहलाई सम्मानित गरियो ।
कार्यक्रममा सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजका प्रहरी बरिष्ठ उपरिक्षक श्याम बहादुर खत्रीले रु. एक लाख भन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो ।
यस्तै प्रहरी सेवा दिवसकै अवसरमा शुक्रबार विहान राजविराजमा ¥याली निकालिएको छ । सगरमाथा अञ्चल प्रहरी कार्यालय अगाडीबाट निकालिएको ¥याली रुपनी रोड, गजेन्द्र चौक, नेता चौक हुँदै पुनः सोही ठाउँमा पुगेर समापन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ