News Category 2073/10/08
घर अगाडी राखिएको बम सेनाद्वारा डिस्पोज, स्थानिय त्रसित
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नं. १ मेनरोड स्थित फुसराज दुगडको घर अगाडि शुक्रबार बिहान एक थान ग्रिनेट बम फेला परेको छ ।
राजविराजस्थित प्रमुख ब्यापारिक क्षेत्रमा ग्रिनेट फेला परेपछि स्थानिय वासिन्दा आतंकित भएका थिए । बम फेला परेपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा घेरा हाली सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको थियो ।
राजविराजस्थित श्री कृष्ण दल गणबाट नेपाली सेनाका बम डिस्पोजल टोलीले सो बम स्थानीय राजरंगशालामा लगेर अपरान्ह १२ बजे डिस्पोज गरेको थियो ।
यसअघि बिहान सो स्थानामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा घेरा हाली सर्वसाधारणलाई आवत जावतमा रोक समेत लगाएको थियो ।
यसैबीच, बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।
यसअघि डेढ महिना अघि पनि गोईतकै कार्यकर्ताहरुले जिल्ला प्रसासन कार्यालय सप्तरी परिसरमा प्रेसर कुकर बम राख्दा सो निश्क्रिय वनाउने क्रममा चारजना सुरक्षाकर्मी घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ