News Category 2073/10/08
घर अगाडी राखिएको बम सेनाद्वारा डिस्पोज, स्थानिय त्रसित
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नं. १ मेनरोड स्थित फुसराज दुगडको घर अगाडि शुक्रबार बिहान एक थान ग्रिनेट बम फेला परेको छ ।
राजविराजस्थित प्रमुख ब्यापारिक क्षेत्रमा ग्रिनेट फेला परेपछि स्थानिय वासिन्दा आतंकित भएका थिए । बम फेला परेपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा घेरा हाली सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको थियो ।
राजविराजस्थित श्री कृष्ण दल गणबाट नेपाली सेनाका बम डिस्पोजल टोलीले सो बम स्थानीय राजरंगशालामा लगेर अपरान्ह १२ बजे डिस्पोज गरेको थियो ।
यसअघि बिहान सो स्थानामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा घेरा हाली सर्वसाधारणलाई आवत जावतमा रोक समेत लगाएको थियो ।
यसैबीच, बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।
यसअघि डेढ महिना अघि पनि गोईतकै कार्यकर्ताहरुले जिल्ला प्रसासन कार्यालय सप्तरी परिसरमा प्रेसर कुकर बम राख्दा सो निश्क्रिय वनाउने क्रममा चारजना सुरक्षाकर्मी घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ