News Category 2073/10/10
वैशाख अन्तिम सातामा स्थानिय निर्वाचन हुने !
दैनिक समाचारदाता
काठमाडौं, ९ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता स्थानीय चुनाव हुने घोषणा गर्नुभएको छ ।
काठमाडौंमा आइतबार ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचनका क्रममा सो घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणा गर्न ढिलो हुन लागेको जिकिर गर्नुभयो ।
उहाँले तीन दलबीच सहमति भएको भन्दै ९ गतेदेखि १५ गतेभित्र निर्वाचनसम्वन्धी विधेयक संसदबाट पारित गर्ने र निर्वाचन आयोगलाई दिइने जानकारी दिनुभयो । साथै उहाँले मधेसी मोर्चालाई चुनावमा ल्याउन अर्को संविधान संशोधन विधेयक ल्याउने प्रस्ताव गर्नुभयो ।
आयोगले १०० दिन मागेको भन्दै प्रधानमन्त्री प्रचण्डले छिटोमा वैशाख २५ गते र ढिलोमा ३० गतेसम्म स्थानीय तहको निर्वाचन गर्न सम्भव हुने उल्लेख गर्नुभयो ।
वैशाखको अन्तिम हप्ताबाट सुरु गरेर जेठको पहिलो सातासम्म चुनाव गर्न सकिने उहाँले बताउनुभयो ।
स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । र, निर्वाचन आयोगले स्थानीय तहको चुनाव दुई वा तीन चरणमा गर्नु पर्ने प्रस्ताव गरेको छ ।
निर्वाचनको कुरा गर्दै गर्दा संविधान संशोधनलाई छाड्न नसकिने भन्दै उहाँले सरकारले संसदमा दर्ता गराएको संशोधन अघि बढाउने विकल्पहरु प्रस्तुत गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले अर्को तरिकाद्वारा पनि यस्तो संशोधन, जसले स्थानीय चुनावमा सहभागी हुन मधेसी मोर्चालाई पनि ढोका खोल्छ भन्ने विश्वासका साथ हिँडेको बताउनुभयो ।
चुनाव घोषणा र संशोधनबारे मधेसी मोर्चा र संघीय गठवन्धनसँग सहमति खोजिने उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ