News Category 2073/10/10
सहायक प्रजिअलाई विदाई तथा नवआगन्तुक नपा अधिकृतलाई स्वागत
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
सरुवा भएर जान लागेका सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारीको विदाई तथा नवआगन्तुक राजविराज नगरपालिकाका कार्यकारी अधिकृतको सप्तरी युथ नेपालले स्वागत गरेको छ ।
जिल्ला प्रशासन कर्याालयमा आईतबार कार्यक्रमको आयोजना गरी सरुवा भएर जान लागेका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको विदाई तथा नवआगन्तुक राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादव सापकोटाको स्वागत गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्याललाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, स्थानिय विकास अधिकारी सुदेव पोखरेल र सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले खादा ओढाएर प्रशंसा पत्र, मायाको चिनोसहित सम्मान गरेका छन् ।
यसैगरी नगरपालिकाका कार्यकारी अधिकृत सापकोटालाई सप्तरी युथ नेपालका अध्यक्ष देवले अबिर लगाएर स्वागत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी गौतमले युवाहरुले सप्तरी जिल्लामा गरिरहेको कामको प्रशंसा गर्दै अन्य सामाजिक क्षेत्रमा पनि युवाहरुको सकृयता बढाउनुपर्नेमा जोड् दिनुभयो ।
सप्तरी युथ नेपालका सचिव आयुष श्रेष्ठले संचालन गरेको कार्यक्रममा सदस्य अनबर अलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ