News Category 2073/10/11
मधेशका मसिहा स्व. सिंहको स्मृति सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
प्रजातन्त्र आन्दोलनका योद्धा एवं मधेस आन्दोलनका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको सोमबार सप्तरीमा १५ औं स्मृति दिवस मनाईएको छ ।
सद्भावना पार्टीका नेता तथा सर्वसाधारणहरुले राजविराजस्थित गजेन्द्र चौकमा रहेको स्व. सिंहको शालिक तथा सिंहको अन्त्येष्टी स्थल सप्तरी सेवा आश्रम पुगेर मालार्पण गरेका छन् ।
२००४ सालदेखि नेपाली काँग्रेसबाट राजनीति सुरु गर्नुभएका मधेशका मसिहा स्व. सिंह प्रतिनिधीसभाका सदस्य रहनुभएको बेला प्रजातन्त्र स्थापनाकालागि वकालत गर्नुकोसाथै मुलुकमा मधेशीका लागि राजनीतिक अधिकार, सामाजिक न्याय तथा मधेशका भविष्य द्रष्टाको रुपमा पहिलो ब्यक्तिको रुपमा चिनिन्थ्यो ।
सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी पछिल्लो समयमा आधा दर्जन पार्टीमा विभाजित भईसकेको छ । नेपालको सत्याग्रह आन्दोलनमासमेत ठूलो योगदान दिनुभएको सिंहको १५ वर्ष अघि आजैको दिन निधन भएको थियो ।
यसैगरि सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले स्व. सिंहको १५ औं स्मृति दिवसको अवसरमा सभा समेत गरेको छ ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा ९३ वर्षीय स्व. सिंहका राजनीतिक सहयात्री गुणानन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा सद्भावना पार्टीका पूर्व केन्द्रिय सचिव सीताराम मण्डल, वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार महासंघका पूर्वअध्यक्ष मूरली प्रसाद यादव, वर्तमान कार्यबाहक अध्यक्ष श्रवण कुमार देव, केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, पुनम देवी यादव, महिला मञ्चकी उपाध्यक्ष मञ्जुलता यादव, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, नेताहरु भागवत मण्डल, रामचन्द्र साह, सन्तोष चौधरी, अजय कुमार झा, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक अमरनाथ मण्डल, राजविराज नगर उपाध्यक्ष प्रमोद यादव, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव लगायतले स्व. सिंहको व्यक्तित्व बारे चर्चा गर्नुभएको थियो ।
यसैगरि अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी जिल्ला कार्य समितिले समेतले सोमबार गजेन्द्र चौकमा रहेको स्व. सिंहको शालिकमा मालार्पण गरेको छ ।
उहाँको आफ्नो राजविराज ४ स्थित घर सप्तरी सेवा आश्रममा रहेको बगैचामा अन्त्येष्टि गरिएको थियो । सो अन्त्येष्टि स्थल हाल समाधी स्थलको रुपमा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ