News Category 2070/02/31
सप्तरीमा चरम महिला हिंसा प्रहरीको उपस्थितिमा पूर्व राज्य मन्त्रीका श्रीमानद्वारा बोक्सीको आरोपमा महिलालाई कुटपिट चौथो पटक गर्भ तुहाउने प्रयास असफल
दैनिक संवाददाता
राजविराज, ३० जेठ ।
प्रहरीको उपस्थितिमा पूर्व राज्य मन्त्रीका श्रीमानद्वारा बोक्सीको आरोपमा महिलालाई कुटपिट गरिएको छ । सप्तरी जिल्लाको डिमन गाविसमा दलित महिलामाथि कुटपिट गरिएको हो ।
डिमन गाविस ६ बस्ने कुशेश्वर रामकी ४० बर्षीया पत्नी इमलीदेवीलाई निर्घात कुटपिट गरिएको हो । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार गराइरहेकी इमलीदेवीले पूर्व राज्य मन्त्री रमणीदेवी रामका पति भोला रामसहितका व्यक्तिहरुले आफूलाई निर्घात कुटपिट गरेको बताइन् । उक्त ठाउँमा प्रहरीलाई समेत बोलाएर भोलासहितका व्यक्तिहरुले बाँसको भाटा लिएर जथाभावी कुटपिट गरेको र उपस्थित प्रहरी मौन उभिरहेको उनको भनाई छ ।
मंगलबार मध्यरात घरमा सुतिरहेको अवस्थामा भोलासहितका व्यक्तिहरुले ढोका तोड्दै सासुलाई नियन्त्रणमा लिदैं इमलीदेवीलाई कुटपिट गरेका हुन् । सोही बेला लोहजारा, मैनाकडेरी र डिमन प्रहरी चौकीका प्रहरी टोली उपस्थित भएपनि भोलाहरुलाई नै सघाएको उनको भनाई छ ।
स्थानीय कुलचन रामकी छोरी प्रेमकुमारी बिरामी भएपछि झाँक्रीको काम गर्ने भोला झारफुक गर्न गएको र उनले इमलीदेवीले बोक्सी लगाएको बताएपछि भोला स्वयं तथा उनका छोरा संजय, बेचन राम र निजका छोरा बीरेन्द्रसहितका व्यक्तिहरु गएर इमलीदेवीलाई कुटपिट गरेका हुन् । इमलीदेवीका अनुसार कुटपिट गरिसकेपछि सबै आ–आफ्नो घर गएको र आफूलाई उपचारका लागि कसैले सहयोग नगरेको बताइन् ।
बल्ल–बल्ल उपचारका लागि अस्पतालसम्म आएको बताउँदै उनले न्यायका लागि पहल गरिदिन सबैसँग आग्रह गरेकी छिन् ।
यता सेतु सामुदायिक तथा मानवअधिकार मंच (सेकडिहुरफका अध्यक्ष जंगबहादुर सिंहले प्रहरीको उपस्थितिमा महिलालाई बोक्सीको आरोप लगाउँदै गरिएको कुटपिटको भत्ृस्ना गर्नुभएको छ ।
उहाँले पीडित महिलालाई न्याय दिलाइदिन स्थानीय प्रशासनसँग आग्रह समेत गर्नुभएको छ ।
दैनिक संवाददाता
राजविराज, ३० जेठ ।
विवाह गरेर पनि सन्तान जन्माउन नदिइएकी एक महिलाले अब सन्तान जन्माउन पाउने भएकी छिन् ।
सप्तरीको खोक्सर प्रवाहा गाविसकी महिलाले चौथो पटक बोकेको गर्भ पनि तुहाउने परिवारजनले निर्णय गरिसकेको अवस्थामा ती महिलाले न्याय पाउने भएकी हुन् । यसअघि तीन पटक बोकेको गर्भ जर्वजस्ती तरिकाले तुहाएको उनका पतिसहितकाले यस पटक पनि गर्भ फ्याक्ने तय गरिसकेका थिए ।
खोक्सर प्रवाहा गाविस ७ निवासी तजमुल मियाँकी कान्छी पत्नी सकिला खातुनसँग बिगत ८ बर्षदेखि यस्तो अन्याय हुँदै आएको थियो । पछिल्लो पटक चौथो गर्भलाई तुहाउन भन्दा नमानेकी सकिलालाई घर परिवारले घर निकाला गरेका थिए । घर निकाला भएकी उनले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि बिहीबार उनको गर्भको रक्षा गर्ने निर्णय गरिएको छ ।
घर परिवार समेतको उपस्थितिमा जिल्ला प्रहरीमा भएको छलफलमा तजमुलको नाममा भएको सम्पूर्ण सम्पत्ति दुई श्रीमति र तजमुल गरी तीनै जनाको नाममा राख्ने, तजमुलले सकिलासँग लिएका सम्पूर्ण गहना फिर्ता गर्ने, उनको जीऊज्यानको सुरक्षा गर्ने, बच्चा नजनेसम्म गर्भ तथा उनको रेखदेख गर्ने जिम्मेबारी तजमुललाई दिइएको छ । सम्पत्ति एक हप्ताभित्र सकिलासहितको नाममा राख्न प्रहरीले तजमुललाई निर्देशन दिएको छ ।
२०६३ साल चैत ७ गते तजमुलले गाउँकै सकिलालाई दोस्रो पत्नीको रुपमा भित्र्याएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ