News Category 2070/06/20
सप्तरीमा सुरक्षा सर्तकर्ता बढाइयो
राजविराज÷चुनावी सुरक्षाको दृष्टिकोणले उच्च संबेदनशील जिल्लाको रुपमा समेत रहेको सप्तरीमा सुरक्षा निकायले सुरक्षा सर्तकर्ता बढाएको छ ।
आसन्न संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको मनोनयन दत्र्ता भएपछि उम्मेदवारको सुरक्षा र भयरहित वातारणमा उम्मेदवारहरुले चुवान प्रचार प्रसार गर्न सक्ने वातारण बनाउन सुरक्षा सर्तकर्ता बढाएको छ ।
निर्वाचसँगै हिन्दुहरुको महान चाड दशमीलाई समेत दृष्टिगत गरी जिल्ला भरी नै सुरक्षा चेकजाँच बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
निर्वाचनको माहौलमा अपराधिक घट्नाहरु हुन नदिन जिल्लामा सुरक्षा चेकजाँच बढाउनुको साथै पुर्व पश्चिम राजमार्ग तथा मार्गहरुमा सुरक्षा गस्ती शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
जिल्लाको जुनसुकै स्थानमा जुनसुकै बेलापनि चेकजाँच गर्न सक्ने अधिकारसहित जिल्लाको बिभिन्न स्थानहरुमा सप्राइज चेक प्वाइन्टहरु स्थापना गरिएको चौधरीले बताउनुभयो ।
उम्मेदवारहरुको सुरक्षाका लागि जिललाको संबेदनशील स्थानहरुमा २४ सैं घण्टा सुरक्षाकर्मी परिचालन गरिएको र जिल्लास्थित सुरक्षा समितिमा रहेका सुरक्षा निकायहरुसँग समन्वय गरेर जिल्लाको बिभिन्न स्थानहरुमा रहेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई सर्तक अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
निर्वाचनको प्रचार प्रसार देखि मतदानको समय सम्ममा खुल्ला सिमानाका कारण अपराधिक व्यक्तिहरु हतियारसहित नेपाल आउन सक्ने सम्भावना रहेकाले भारतीय सिमासँग जोडिएको सप्तरीको बिभिन्न नाकाहरुमा सुरक्षाकर्मीलाई सक्रिय बनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ