News Category 2073/10/12
अस्पतालका अध्यक्ष डा. देवको नियुक्तीको विषयमा नेवि संघमा विवाद
दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजका नवनियुक्त अध्यक्ष डा.चिरञ्जीवी लाल देवको नियुक्तिप्रति नेवि संघ जिल्ला कार्यसमिति सप्तरीमा विवाद उत्पन्न भएको छ ।
नेपाल विद्यार्थी संघ सप्तरीका जिल्ला सभापति घनानन्द यादवले सोमबार डा. देवको नियुक्ति गैरराजनीतिक भएको भन्दै विज्ञप्ति जारि गरेको एक दिन नबित्दै मंगलबार नेवि संघकै उपाध्यक्ष फिदा हुसैनल तथा अन्य सदस्यहरुले भने सो नियुक्ती राजनीतिक भएको दाबी गरेको छ ।
नेवि संघका उपाध्यक्ष हुसैन, सचिव दिपेन्द्र चौधरी, कोषाध्यक्ष इर्शाद अहमद, सदस्यहरु पार्थो सरकार, मुकेश चौधरी, रंजित चौधरी, हेमनारायण दास, क्षेयित्र सभापति मो. प्रवेज, निवर्तमान केन्द्रिय सदस्य आनन्द झाले मंगलबार विज्ञप्ति जारि गर्दै सभापति यादवले कार्यसमितिसँग छलफलै नगरि एकलौढी ढंगले विज्ञप्ति प्रकाशित गरेको भन्दै आरोप समेत लगाइएको छ ।
जारि विज्ञप्तिमा डा. देवको नियुक्तिलाई विवादमा पार्न खोजिएको आरोप लगाउँदै डा. देव राजविराज वडा नं. ८ बाट नेपाली काँग्रेसका क्रियाशिल सदस्य रहेको दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “सभापति यादवले जारि गरिएको विज्ञप्तिमा डा. देव गैर काँग्रेसी भएको भन्नु अज्ञानताको अर्को नमूना हो ।”
सो विज्ञप्तिमा डा.देव नेपाली काग्रेसकै सिफारिसमा २०६९ सालदेखि २०७२ सालसम्म महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा प्रमुखको रुपमा जिम्मेवारी समेत निर्वाह गरिसकेको जनाउँदै डा. देवलाई गैरकाँग्रेसी भनिएको प्रति दुःख ब्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ