News Category 2073/10/12
प्रहरी कार्यालय भित्रै विष सेवन गरी आत्महत्याको प्रयास
दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
प्रेमीसँग जवरजस्ती छुट्याउन खोज्दा एक प्रेमीकाले जिल्ला प्रहरी कार्यालय भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका १० रामपुर जमुवा गाउँ वस्ने १८ वर्षिया गुप्ता थरकी किशोरीले कार्यालयको शौचालय भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी हुन् ।
अभिभावकको असहमतिका वावजुत सोही गाविस निवासी २० वर्षिय दिपु शर्मासँग भागी प्रेम विवाह गरेका जोडिलाई मंगलवार सोधपुछका लागि प्रहरी कार्यालयमा झिकाईएको थियो । दुवै पक्षका अभिभावकको उपस्थितीमा केटीको उमेर नपुगेकाले छुट्याउने प्रयास गरिएको थियो ।
प्रेमीसँग छुट्टिने निश्चित देखिएपछि अचानक शैच लागेको भन्दै केटी शौचालयमा पसेकी थिईन । शौचाल भित्रै उनी आफुसँगै लुकाई राखेको नाम नखुलेको विष सेवन गरेकी थिईन् । तत्कालनै उनलाई प्रहरीको सहयोगमा स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याईएको थियो ।
तर, त्यहा उपचार हुन नसकेपछि धरान रेफर गरिएको सो अस्पातालले जनाएको छ । प्रहरी उपरिक्षक दिवेश लोहनीले केटी नावालक भएकाले दुवै पक्षको अभिभावकको उपस्थितीमा जिम्मा लगाउने सामान्य प्रयास गरिएको वताउनुभयो । तर, केटिले प्रेमीसँग छुट्टीने त्रासमा त्यस्तो अप्रिय घटना गरेको उहाँको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ