News Category 2073/10/14
तीन दिने ग्रामिण पत्रकारिता तालिमको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
व्यवसायीक पत्रकारिता छोडी समाजप्रति उत्तरदायित्व रहने गरी पत्रकारिता गर्नेहरुको खाँचो रहेको एक कार्यक्रमका सहभागि बक्ताहरुले बताएका छन ।
सुचना तथा संचार मन्त्रालयको सहयोग तथा मधेशी पत्रकार संघको आयोजनामा बिहिबारदेखि सप्तरीको राजविराजमा संचालित नयाँ संचारमाध्यम र ग्रामिण पत्रकारिता सम्बन्धि तीन दिने तालिमको उदघाटन समारोहमा सहभागिहरुले सो कुरा बताएका हुन ।
मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष पंकज दासको प्रमुख आतिथ्यमा आयोजित सो तालिमको उदघाटन समारोहमा संघका केन्द्रिय सचिव बिपी साह, नेपाल पत्रकार महासंघका पुर्व सभापतिहरु शिबहरी प्रसाद भटराई, ब्याशशंकर उपाध्याय, विष्णु कुमार मण्डल, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष श्रवण कुमार देव, महासंघका सल्लाहकार जितेन्द्र खड्का, प्रेस युनियन केन्द्रिय सदस्य अबधेश कुमार झा, युनियनका कावा अध्यक्ष राम नारायण विश्वास, पत्रकार मंचका अध्यक्ष शुभचन्द्र झा, नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश कुमार यादव, छिन्नमस्ता एफएमका स्टेशन मैनेजर शिब प्रताप साह, थारु पत्रकार संघका अध्यक्ष नविन चौधरी सहितकाहरुले ग्रामिण मुखी पत्रकारितालाई अगाडी बढाउनका लागि समाजलाई सुधार हुने गरी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।
तिन दिन तालिममा सप्तरी, सिरहा र उदयपुर जिल्लाका करिब तीन दर्जन युवायुवतीहरुको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ