News Category 2073/10/15
ओलीले पहाडी समुदायलाई मधेशीबिरुद्व उचाल्ने काम गरिरहेका छन् ः पूर्व मन्त्री रिजाल
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले नेकपा एमाले सहमतिमा आउन नचाहेको आरोप लगाउनु भएको छ ।
शुक्रबार राजविराज वडा नम्बर ८ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउनु भएको हो ।
पूर्व संचारमन्त्री समेत रहनु भएका नेता रिजालले एमालेले जनतालाई लडाउने काम गरेर मुलुकमा थप द्वन्द्व सृजन गर्न लागेको आरोप लगाउदै भन्नुभयो “ओलीले पहाडी समुदायलाई मधेशीबिरुद्व उचाल्ने काम गरिरहेका छन् ।”
एमाले संविधान कार्यान्वयन हुनुपर्छ भनिरहे पनि सहमतिमा आउन नचाहेको उहाँको आरोप छ । एमालेले खोक्रो राष्ट्रवादको नारा दिएर संविधानलाई कागजमै सिमित राख्न खोजेको बताउँदै उहाँले काँग्रेसले कसैलाई संविधान थन्काउन नदिने र सबैलाई मिलाएर अघि बढाएर जाने बताउनुभयो ।
उहाँले विगतमा जसरी मधेशीलाई पहाडीबिरुद्व उचाल्ने काम गरिएको थियो, त्यसरी नै अहिले एमालेले पहाडी जनतालाई मधेशी जनताबिरुद्व उचाल्ने काम गरिरहेको उल्लेख गर्नुभयो ।
धोती लाउनेको र टोपी लाउनेको पनि राष्ट्रियता नेपाली नै रहेको बताउँदै उहाँले मुलुकको राष्ट्रियता बलियो बनाउन भेदभाव अन्त्य गर्नुपर्नेमा जोड् दिनुभयो ।
यस्तै केन्द्रिय सदस्य रिजालले मधेश केन्द्रित दलहरु पनि संविधानमा आगो लगाउनमै व्यस्त रहेको आरोप लगाउँदै मुलुक झन द्वन्द्वतर्फ अघि बढिरहेको जिकिर गर्नुभयो । सत्तामा मात्रै केन्द्रित रहेका कारण मधेश केन्द्रित दललाई दोस्रो संविधानसभामा जनताले नपत्याएको टिप्पणी गर्नुभयो ।
राजविराज वडा नं. ८ का अध्यक्ष समिर झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, टे«ड युनियनका उमेश मिश्र लगायतले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ