News Category 2073/10/15
मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज संचालन
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
सप्तरीको बसबिट्टी गाविसस्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा शुक्रबारदेखी मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज प्रा.लि. औपचारिक रुपमा संचालनमा आएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुंगेलले सो इन्डष्ट्रिज प्रा.लि.को रिबन काटेर उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै कार्यकारी निर्देशक ढुंगेलले राज्यले डेरी उद्योगलाई समेत अपेक्षा गरिरहेको आरोप लगाउनु भयो । उहाँले राज्यको उपेक्षाका कारण अहिले मुलुकमा निजि क्षेत्रको लगानीमा डेरी उद्योगहरु संचालनमा रहेको भन्दै निजि क्षेत्रकै डेरी उद्योगका कारण जनताले गुणस्तरिय दुध पिउन पाइरहेको बताउनुभयो ।
सोही कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष सुमित केडियाले निजि क्षेत्रको लगानीले गर्दा अहिले नेपाली जनताले सेवा सुविधा पाउनुका साथै रोजगारीको अवसर समेत सेजान भएको जिकिर गर्नुभयो ।
सोही उद्घाटन कार्यक्रममा सप्तरीका स्थानिय विकास अधिकारी सुदेव पोखरेलले जिल्लाको विकासका लागि निजि क्षेत्रको योगदान सहनिय रहेको भन्दै जिविस सप्तरीले यसका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज प्रा.लि.का निर्देशक राघो प्रसाद सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका उद्योगि, व्यापारी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
मिलन डेरीको नाममा २०६३ सालमा सप्तरीमा पहिलो पटक हातबाटै दुग्ध पदार्थ उत्पादन गर्ने विधी प्रयोगमा ल्याएपछि त्यसबाट हाइजेनिक नहुने र बजारको माग पूर्ति समेत नहुने देखिएकोले हाल अटोमेटिक प्लान्ट स्थापना गरेको हो । हाल यस उद्योगले सप्तरी लगायत सिरहा, धनुषा र सिन्धुली जिल्लामा आफ्नो उत्पादन पु¥याइरहेको छ । यस उद्योगबाट दुध, दही, पनिर, घ्यु, आइसक्रिम र खोवा लगायतका दुग्ध पदार्थ उत्पादन गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ