News Category 2073/10/16
जोगी जत्रीले चन्दा संकलन गरी बनाइन् चर्पी
राजविराज÷भनिन्छ, जहाँ ईक्षा त्यहाँ उपाय ठिक यस्तै सप्तरीको भुतही गाबिस ३ की एक जोगी महिलाले चन्दा संकलन गरी आफ्नो घरमा पक्की चर्पी निर्माण गरेकी छिन ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत एक घर एक चर्पी निर्माण कार्यक्रम संचालनमा आएपछि ती जोगि महिलाले आफनो घरमा पक्की चर्पी निर्माण गरेकी हुन ।
करिब ४० वर्ष अगाडी नैं श्रीमान छुतहरु दास बाबाको असमायिक निधन भएपछि एक्लै रहेकी जत्री देवी दासले पातो, भुतही, औरही, कविलासा, ब्रहमपुर, गम्हरीया प्रवाहा लगायतका विभिन्न गाबिसमा चन्दा संकलन गरी चर्पी बनाएकी हुन् ।
चर्पी निर्माण सम्बन्धित अभियान संचालनमा आएपछि तथा बाहिर दिसा पिसाव गर्नमा पुर्ण रुपमा रोक लगाएपछि आफुले विभिन्न गाबिसमा पुगेर ५÷१० रुपैयाँ चन्दा संकलन गरी चर्पी बनाएको जत्रीदेवीले बताइन् ।
उहाँलाई गाबिसबाट सामाजिक सुरक्षा बापत्तको ४ हजार तथा अन्य रकम चन्दा संकलन गरी कुल १५ हजारको लागतमा पक्की चर्पी नैं निर्माण गरेको उनको भनाई छ ।
उहाँले सो अभियान संचालनमा आएपछि सबै जनाले आ–आप्mनो घरमा चर्पी निर्माण गर्न थालेपछि आफुले पनि आफ्नो घरमा कसरी चर्पी निर्माण गर्ने सोचका साथ स्थानीयबासीहरुसँग छलफल गर्दा सबै जनाले ५÷२० रुपैयाँ चन्दा दिन थालेको उहाँले बताउनुभयो ।
चर्पी निर्माण भएपछि आफुले चर्पी मैं दिसा पिसाव गर्ने जत्रीको भनाई छ । आप्mनो इज्जत प्रतिष्ठा जोगाउन तथा बुढेसकालमा बाहिर दिसा पिसाव गर्न जान नसकिने अवस्थालाई मध्य नजर गरी आफुले मन्दिर नजिकै चर्पी निर्माण गरेको उहाँले बताईन ।
यता जिल्लाको भुतही गाबिस केही दिनभित्रै खुल्ला दिसा मुक्त गाबिस घोषणा हुने तयारीमा रहेको तथा बाँकी रहेका केही घरहरुमा धमाधम चर्पी निर्माणको कार्य भईरहेको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ