News Category 2073/10/16
जोगी जत्रीले चन्दा संकलन गरी बनाइन् चर्पी
राजविराज÷भनिन्छ, जहाँ ईक्षा त्यहाँ उपाय ठिक यस्तै सप्तरीको भुतही गाबिस ३ की एक जोगी महिलाले चन्दा संकलन गरी आफ्नो घरमा पक्की चर्पी निर्माण गरेकी छिन ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत एक घर एक चर्पी निर्माण कार्यक्रम संचालनमा आएपछि ती जोगि महिलाले आफनो घरमा पक्की चर्पी निर्माण गरेकी हुन ।
करिब ४० वर्ष अगाडी नैं श्रीमान छुतहरु दास बाबाको असमायिक निधन भएपछि एक्लै रहेकी जत्री देवी दासले पातो, भुतही, औरही, कविलासा, ब्रहमपुर, गम्हरीया प्रवाहा लगायतका विभिन्न गाबिसमा चन्दा संकलन गरी चर्पी बनाएकी हुन् ।
चर्पी निर्माण सम्बन्धित अभियान संचालनमा आएपछि तथा बाहिर दिसा पिसाव गर्नमा पुर्ण रुपमा रोक लगाएपछि आफुले विभिन्न गाबिसमा पुगेर ५÷१० रुपैयाँ चन्दा संकलन गरी चर्पी बनाएको जत्रीदेवीले बताइन् ।
उहाँलाई गाबिसबाट सामाजिक सुरक्षा बापत्तको ४ हजार तथा अन्य रकम चन्दा संकलन गरी कुल १५ हजारको लागतमा पक्की चर्पी नैं निर्माण गरेको उनको भनाई छ ।
उहाँले सो अभियान संचालनमा आएपछि सबै जनाले आ–आप्mनो घरमा चर्पी निर्माण गर्न थालेपछि आफुले पनि आफ्नो घरमा कसरी चर्पी निर्माण गर्ने सोचका साथ स्थानीयबासीहरुसँग छलफल गर्दा सबै जनाले ५÷२० रुपैयाँ चन्दा दिन थालेको उहाँले बताउनुभयो ।
चर्पी निर्माण भएपछि आफुले चर्पी मैं दिसा पिसाव गर्ने जत्रीको भनाई छ । आप्mनो इज्जत प्रतिष्ठा जोगाउन तथा बुढेसकालमा बाहिर दिसा पिसाव गर्न जान नसकिने अवस्थालाई मध्य नजर गरी आफुले मन्दिर नजिकै चर्पी निर्माण गरेको उहाँले बताईन ।
यता जिल्लाको भुतही गाबिस केही दिनभित्रै खुल्ला दिसा मुक्त गाबिस घोषणा हुने तयारीमा रहेको तथा बाँकी रहेका केही घरहरुमा धमाधम चर्पी निर्माणको कार्य भईरहेको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ