News Category 2073/10/19
किसान संघको राष्ट्रिय सम्मेलन राजविराजमा
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको दोश्रो राष्ट्रिय सम्मेलन माघ २८ गते शुक्रबार राजविराजमा हुने भएको छ ।
मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवनमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।
आयोजित पत्रकार सम्मेलनमा पार्टीका तथा किसान संघका केन्द्रिय सदस्य एवं सांसद डिल्ली प्रसाद काफ्लेले सम्मेलनबाट देशभरीका किसानहरुको समस्या पहिचान गरेर सम्बन्धीत निकायसमक्ष समाधानका लागि पहल गर्ने बताउनुभयो ।
उहाँले ५० जिल्लाका ३ सय प्रतिनिधी पर्यवेक्षकहरुले राष्ट्रिय सम्मेलनमा सहभागिता रहने बताउँदै सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
संचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै साँसद काफ्लेले मजदुर किसान पार्टी संघीयता बिरोधी नभएको प्रष्ट पार्दै मुलुकमा १४ प्रदेशको अवधारणा पार्टीले अघि सारेको दाबी गर्नुभयो ।
उहाँले पार्टी भारत बिरोधी नभएको भन्दै कुनै पनि बाहिरी मुलुकले नेपालको आन्तरिक मामिलामा दखल दिन नमिल्ने जिकिर गर्नुभयो ।
सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष एवं किसान संघका केन्द्रिय सदस्य दिगम्बर यादव, नेपाल क्रान्तिकारी युवा संघका केन्द्रिय सदस्य देवनारायण यादव, किसान संघका जिल्ला सदस्य बिरेन्द्र मण्डल, पार्टीका जिल्ला सदस्य दिपु यादवको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ