News Category 2073/10/19
कलात्मक मूर्ती बनाउन व्यस्त शुभनारायण
दैनिक समाचारदाता राजविराज, १८ माघ । मूर्ति बनाउँने पेशाबाट बिदेशको जस्तो स्वदेशमै बसेर आम्दानी गर्दै आएका छन यहाँका मुर्तिकारहरु । सप्तरीको सदरमुकाम राजविराजमा मूर्ति बनाउने पेशा अपनाएर एक मुर्तिकार बिदेशकै जस्तो आम्दानी गर्दै आएका छन । सप्तरीको बभनगामाकट्टी गाविस १ तोपा निवासी शुभ नारायण मण्डल घरमै बसेर मुर्ति बनाउने पेशा अपनाएर बिदेशकै जस्तो आम्दानी गर्दै आएका छन । सीप सिकेर आप्mनै देशमा बसेर मण्डलले बिदेशको जस्तो सिजन अनुसार मासिक ५ लाख सम्म आन्दानी गर्दै आएको बताउँछन । चार पाँच कक्षासम्म मात्र अध्ययन गरेका उनी अन्य युवाहरुलाई समेत सीप सिकेर बिदेशको जस्तो आम्दानी गर्न सकिने बताउँछन । मण्डल आफु नपढेपनि आप्mना एक छोरा र एक छोरीलाई घर नजिकै रहेको बोर्डिङ्ग स्कुलमा बढाउँदै आएका छन । त्यस्तै शुभ नारायणका सम्पुर्ण परिवार नै मुर्ति बनाउने पेशा अपनाएर नै घरमै बसी मगन्य आम्दानी गर्दै आएका छन । मण्डलका बुबा कुशेश्वर मण्डल सानै उमेरदेखि मुर्ति बनाउन सिकेको तथा सिजन अनुसार उनी पनि मासिक लाखौ आम्दानी गर्दै आएका छन । पहिला बुबाले सो पेशा अपनाउँदै आएकोमा अहिले आफु पनि मुर्ति बनाउने पेशालाई अंगालेर आम्दानी गर्दै आएको उनी बताउँछन । सिजन अनुसार कृष्णा अष्टमी, अन्नत चर्तुदर्शी, वडा दशै, बाबा विश्वकर्मा, काली पुजा, लक्ष्मी पुजा, श्री पञ्चमी लगायतका कलात्मक मुर्तिहरु बनाउन उनी ख्याती छन् । यस वर्ष मात्र श्री पञ्चमीको अवसरमा ७० वटा कलात्मक मुर्ति बनाइरहेका तथा सो बापत करिब एक लाख भन्दा बढी आम्दानी गर्न सकिने जानकारी दिए । उनी मुर्ति बनाउँने पेशाबाट नै दश जना परिवारको समेत गुजारा चलाउँनुका साथै करिब ३० कठ खेत खरिद गरेका छन् । यसबाहेक दुई तल्ले घर र थप चार तल्ले घर निर्माण गरीसकेको उनी बताउँछन । यस बाहेक मण्डल खेतिपाति गर्नुका साथै विवाहको मण्डप, रंग पेन्ट लगातका कामहरु गर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ