News Category 2073/10/21
फिलिपिन्सी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार एक जना विदेशी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको छ ।
जिल्लाको कंचनरुप नगरपालिका ८ निवासी सौरभ श्रेष्ठसँग विवाह गरेको प्रमाणको आधारमा फिलिपिन्सको बयाननकी जेनिभि जेवियर डल्लाभिन श्रेष्ठलाई उक्त नागरिकता प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार डल्लाभिनलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले नागरिकता प्रदान गर्नुभयो ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतत्रेय प्रेम कुमार उपाध्याय, जनक कोइराला र रोहित भट्टराई समेतको उपस्थिति रहेको थियो ।
नागरिकता प्राप्त गरेपछि डल्लाभिनले अब आफू पनि नेपाली नागरिक भएकोमा खुशी व्यक्त गरिन् । उनका पति सौरभले भने पाँच वर्ष अघि बैदेशिक रोजगारका लागि मलेशिया गएको बेला डल्लाभिनसँग प्रेम बसेपछि विवाह गरेको बताउनुभयो । हाल दुबैको एक छोरा र एक छोरी छिन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीले एक जना बंगलादेशी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ