News Category 2073/10/21
मुर्ति सेलाउन जाने क्रममा बालकको ट्याक्टरले किचेर मृत्यु
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सिरहा र सप्तरी जिल्लामा बिहिबार भएको सवारी दुर्घटनामा परी एक बालकको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छिन् ।
सिरहाको लहानमा मुर्ति सेलाउन जाने क्रममा ट्याक्टरबाट खस्दा एक बालकको बिहिबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी धनगढी १ का भोलेनाथ मण्डलको वर्ष १३ को छोरा सुरज मण्डल रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
लहान नगरपालिका ३ स्थित ज्ञानज्योती पाठशालाबाट सरस्वती पुजाको मुर्ती सेलाउन स्थानीय बलान खोला जानेक्रममा स १ त २६८७ नम्बरको ट्याक्टरबाट खस्दा मण्डललाई सोही ट्याक्टरको पछाडीको चक्काले किचेको थियो ।
मण्डलको उपचारकालागी सप्तऋषि नरसिङहोम लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।
यस्तै सप्तरीको रुपनी राजबिराज सडक खण्डमा राजबिराजबाट रुपनीतर्फ जादै गरेको स ५ प ३३०५ नम्बरको मोटरसइकलले ठक्कर दिंदा पैदलयात्री सप्तरी मलेठ ४ बस्ने बिरेन्द्र साहको १३ वर्षिया छोरी ज्योती कुमारी साह घाइते भएकी छिन ।
घाइते साहको टाउको र दाहिने खुट्टामा चोट लागेकोले उपचारकालागी विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ भने ठक्कर दिने मोटरसाइकलसहित चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ