News Category 2073/10/22
स्थानीय निकाय टे«ड युनियनको आन्दोलनका कार्यक्रम सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
स्थानीय निकाय टे«ड युनियन जिल्ला समन्वय समिति राजविराजले विभिन्न माँगहरु अघि सारी आन्दोलनको घोषणा गरेको छ ।
समितिले कर्मचारीहरुको व्यवस्थापन गर्दा पुन दोहोरो कर्मचारीतन्त्र कायम रहने, अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरुको अनिश्चितता, अधिकार तथा जिम्मेवारीमा विभेद, स्थानीय निकायका कर्मचारीहरुले भोग्दै आएका सम्पुर्ण जिम्मेवारी व्यवहारलाई निरन्तरता दिने गरी अल्पकालिन र दिर्घकालिन दुई खाले नीतिगत व्यवस्था स्थानीय निायका कर्मचारीहरुले राज्यका विभेदकारी नीतिहरुका कारणले विगतमा भोग्नुपरेका समस्याहरुको समाधान संविधानत बन्ने नयाँ संरचना र कानुनहरुको निर्माण तहमा सहभागिता र पटक पटक सरकारलाई बुझाएको ज्ञापन पत्र ध्यानाकर्षण पत्रको बेवास्ता गरेको भन्दै आन्दोलनमा ओर्लेको जनाएको छ ।
समितिले माघ २३ गतेदेखि २४ गतेसम्म स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको ट्रेड युनियनका सम्पुर्ण घटक सहितको जिल्ला संयुक्त आन्दोलन परिचालन समितिहरु मार्फत माँगहरुको सम्बन्धमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित कार्यालय प्रमुख मार्फत संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ज्ञापन पत्र पेश गर्ने र प्रत्येक स्थानीय निकायहरुमा माँग सहितको ब्यानर राख्ने, २५ गतेदेखि २६ गतेसम्म सम्पुर्ण स्थानीय निकायहरुमा कार्यरत कर्मचारीहरुले कालोपटी बाँधी बिरोध जनाउने निर्णय गरेको छ ।
यस्तै स्थानीय निकायका माँग एवं मुद्धाहरुको बारेमा राजनैतिक दल, स्थानीय निकाय सम्वद्ध संघ, महासंघ, अन्य पेशागत संघ संगठनहरु, अधिकारिक टे«ड युनियन लगायतका सरोकारबालाहरुबिच केन्द्रिय तथा जिल्ला स्तरमा छलफल कार्यक्रमहरु आयोजना गर्ने, माघ २७ गतेमा कालोपटी बाँधी १ घण्टा कलम बन्द गर्ने र आ– आप्mना कार्यालयमा धर्ना दिने, २८ गतेमा कालोपटी बाँधी ३ घण्टा कलम बन्द गर्ने र धर्ना दिने तथा फाल्गुन १ गते पुरै दिन सम्पुर्ण स्थानीय निकायका सेवाहरु बन्द गर्ने निर्णय सहित आन्दोलनमा ओर्लेको जनाएको छ ।
स्थानीय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष श्यामसुन्दर यादव, ने.न.पा.कर्मचारी एइकाइ समितिका अध्यक्ष तथा केन्द्रिय सदस्य उमेश प्रसाद यादव, ने.न.पा.कर्मचारी इकाइ समितिका अध्यक्ष प्रधुम्न प्रसाद पोखरेल, ने.न.पा.कर्मचारी इकाई समितिका कंचनरुप नगरपालिकाका अध्यक्ष संजय गुप्ता गाबिस कर्मचारी संघ नेपालका अध्यक्ष परशुराम यादव, स्थानीय निकाय कर्मचारी संघ नेपालका केन्द्रिय सदस्य नवराज खडका सहितद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ