News Category 2073/10/23
तिलाठीमा पुजा महोत्सवको अवसरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै
राजविराज÷बसन्त पञ्चमीको अवसरमा सप्तरीको तिलाठी गाविसमा पाँच दिने सरस्वती पुजनोत्सव तथा मेला लागेको छ ।
माघ १९ गतेदेखी संचालित सरस्वती पुजनोत्सव तथा मेलामा उल्लेखीय सहभागिता रहेको छ । छिमेकी मुलुक भारतबाट समेत सो मेलामा स्थानियहरु अउने गरेका छन् ।
सरस्वती पूजा समिति तिलाठीको आयोजनामा आयोजित सो पुजनोत्सव तथा मेलामा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता समेत संचालनमा रहेको छ । सो कुस्ती खेल शहिद साकेत पार्क व्यवस्थापन समिति राजविराजको आयोजना भइरहेको छ ।
स्थानीय सरस्वती मन्दिरको पाठशाला प्राङणमा संचालित अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका गरि ८० जना कुस्ती खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
सो प्रतियोगिता हेर्न अहिले दैनिक रुपमा हजारौं व्यक्तिहरु आउने गरेका छन् । सो प्रतियोगिता एक दर्जन महिला खेलाडीहरुले समेत प्रतिस्पर्धा गरिरहेका छन् ।
तिलाठी गाविसमा प्रत्येक वर्ष आयोजना हुने पुजा महोत्सव तथा मेलामा रात्रीकालिन नाटक, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरिय नृत्य प्रतियोगिता समेत भइरहेको छ ।
सरस्वती पुजा समितिका सचिव निरज मुक्तिका अनुसार माघ १९ गते पुजा तथा प्रसाद वितरण, २० गते दैनिक मेला, २१ देखी २३ गतेसम्म अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता, १९ देखी २३ सम्म रात्रीकालिन नाटक तथा सांस्कृतिक कार्यक्रम र २४ गते मुर्ति बिसर्जन तथा मेला समापनको कार्यक्रम रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ