News Category 2073/10/23
तिलाठीमा पुजा महोत्सवको अवसरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै
राजविराज÷बसन्त पञ्चमीको अवसरमा सप्तरीको तिलाठी गाविसमा पाँच दिने सरस्वती पुजनोत्सव तथा मेला लागेको छ ।
माघ १९ गतेदेखी संचालित सरस्वती पुजनोत्सव तथा मेलामा उल्लेखीय सहभागिता रहेको छ । छिमेकी मुलुक भारतबाट समेत सो मेलामा स्थानियहरु अउने गरेका छन् ।
सरस्वती पूजा समिति तिलाठीको आयोजनामा आयोजित सो पुजनोत्सव तथा मेलामा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता समेत संचालनमा रहेको छ । सो कुस्ती खेल शहिद साकेत पार्क व्यवस्थापन समिति राजविराजको आयोजना भइरहेको छ ।
स्थानीय सरस्वती मन्दिरको पाठशाला प्राङणमा संचालित अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका गरि ८० जना कुस्ती खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
सो प्रतियोगिता हेर्न अहिले दैनिक रुपमा हजारौं व्यक्तिहरु आउने गरेका छन् । सो प्रतियोगिता एक दर्जन महिला खेलाडीहरुले समेत प्रतिस्पर्धा गरिरहेका छन् ।
तिलाठी गाविसमा प्रत्येक वर्ष आयोजना हुने पुजा महोत्सव तथा मेलामा रात्रीकालिन नाटक, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरिय नृत्य प्रतियोगिता समेत भइरहेको छ ।
सरस्वती पुजा समितिका सचिव निरज मुक्तिका अनुसार माघ १९ गते पुजा तथा प्रसाद वितरण, २० गते दैनिक मेला, २१ देखी २३ गतेसम्म अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता, १९ देखी २३ सम्म रात्रीकालिन नाटक तथा सांस्कृतिक कार्यक्रम र २४ गते मुर्ति बिसर्जन तथा मेला समापनको कार्यक्रम रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ