News Category 2073/10/24
स्थानीय निकाय टे«ड युनियनले ज्ञापन बुझायो
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
स्थानीय निकाय टे«ड युनियन केन्द्रिय समन्वय समितिको आवहनमा स्थानीय निकायका कर्मचारीहरुले आईतबारदेखि आन्दोलनमा ओर्लेका छन् ।
समितिले नयाँ संविधानको मर्म र भावना अनुरुप स्थानीय तहहरुबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, जनप्रतिनिधीहरुको सक्रिय सहभागितामा संचालन हुने स्थानीय निकायहरुमा लामो समयदेखि रिक्तक्ताले स्थानीय स्तरका सेवा प्रवाह, विकास निर्माण लगायतका क्रियाकलापहरु प्रभावित हुनुका साथै जनप्रतिनिधीमुलक संस्थाको मर्ममा नै आघात पुगेको र नयाँ संविधान बमोजिम स्थानीय निकाय पुर्नसंरचना आयोगले नयाँ स्थानीय तहको संख्या र सिमाना निर्धारण गरी आप्mनो प्रतिवेदन बष्स्ुझाईसकेको हुँदा अबिलम्व स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने लगायतका विभिन्न माँगहरु अघि सार्दै आन्दोलनमा ओर्लेका हुन ।
आन्दोलनका कार्यक्रम अन्तर्गत स्थानीय निकाय टे«ड युनियनका कर्मचारीहरुले आईतबार स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको टे«ड युनियनका सम्पुर्ण घटक सहितको जिल्ला संयुक्त आन्दोलन परिचालन समितिहरु मार्फत माँगहरुका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीका साथै सम्बन्धित कार्यालय प्रमुख मार्फत संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम कुमार उपाध्यायलाई सो त्रापन पत्र बुझाएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ