News Category 2073/10/24
जनता शंकर उच्च मावि नर्घोमा अब डिजिटल प्रविधिबाट पढाई हुने
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
साउथ कोरीयाको एनएस डेभलपमेन्ट संस्था र काठमाडांै विश्वविद्यालयको डिपार्टमेन्ट अफ कम्प्युटर साईन्स एण्ड ईन्जिनियरिङका प्रतिनिधिहरुले जनता शंकर उच्च माध्यमिक विद्यालय नर्घाेको ३ र ५ कक्षालाई पूर्णतया कम्प्युटराईज सिस्टमबाट डिजिटल पठन पाठन संचालन गर्न सहयोग गर्ने भएको छ ।
विद्यालयमा आइतबार आयोजित एक कार्यक्रमको आयोजना गरि सुरुवाती चरणमा विद्यालयका सम्पुर्ण कक्षालाई उक्त सिस्टमबाट पठन पाठनमा लाने प्राविधिक सहयोग परियोजना संचालन गर्ने भएको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश कुमार यादवको अध्यक्षतामा तथा साउथ कोरीयाको एन एस डेभलपमेन्टका कार्यकारी निर्देशक मिस लीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एन एस डेभलपमेन्ट, एडभाईजरी एण्ड टेक्निकल वोर्डका अध्यक्ष केभिन सिन, नेशनल रिसर्च फाउण्डेशन अफ कोरीयाका प्रतिनिधि जोङ्गहुन किम, काठमाडौं विश्वविद्यालय, डिपार्टमेन्ट अफ कम्प्युटर साईन्स एण्ड ईन्जिनीयरीड.का प्रमुख डा. मनिष पोखरेल र डा. पुरुषोत्तम खरेलको उपस्थिति रहेको थियो ।
परियोजनाको समन्वय सहकार्य फोरम फर रिसर्च एण्ड डेभलपमेन्टका निर्देशक पंकज कुमार पोखरेलले गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक नारायण यादवले स्वागत गर्दै विद्यालयको सम्पुण पक्षवारे जानकारी गराउनाका साथै क्म्प्युटर प्रयोगात्मक कक्षाको अभावले विद्यार्थीहरुले भोग्नुपरिरहेको कठिनाईका सन्दर्भमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा काठमाडौं विश्वविद्यालय, डिपार्टमेन्ट अफ कम्प्युटर साईन्स एण्ड ईन्जिनीयरीड.का प्रमुख डा. मनिष पोखरेलले विद्यालयलाई १५ थान कम्प्युटर र अत्याधुनिक ल्याब निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नर्घाे गाविसका पूर्व गाविस अध्यक्ष परमानन्द यादव, विद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष रमाकान्त यादव, विद्यालय जग्गादाता परिवारका रामचन्द्र यादव र समाजसेवी रामगुलाम मण्डलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ