News Category 2073/10/24
जनता शंकर उच्च मावि नर्घोमा अब डिजिटल प्रविधिबाट पढाई हुने
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
साउथ कोरीयाको एनएस डेभलपमेन्ट संस्था र काठमाडांै विश्वविद्यालयको डिपार्टमेन्ट अफ कम्प्युटर साईन्स एण्ड ईन्जिनियरिङका प्रतिनिधिहरुले जनता शंकर उच्च माध्यमिक विद्यालय नर्घाेको ३ र ५ कक्षालाई पूर्णतया कम्प्युटराईज सिस्टमबाट डिजिटल पठन पाठन संचालन गर्न सहयोग गर्ने भएको छ ।
विद्यालयमा आइतबार आयोजित एक कार्यक्रमको आयोजना गरि सुरुवाती चरणमा विद्यालयका सम्पुर्ण कक्षालाई उक्त सिस्टमबाट पठन पाठनमा लाने प्राविधिक सहयोग परियोजना संचालन गर्ने भएको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश कुमार यादवको अध्यक्षतामा तथा साउथ कोरीयाको एन एस डेभलपमेन्टका कार्यकारी निर्देशक मिस लीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एन एस डेभलपमेन्ट, एडभाईजरी एण्ड टेक्निकल वोर्डका अध्यक्ष केभिन सिन, नेशनल रिसर्च फाउण्डेशन अफ कोरीयाका प्रतिनिधि जोङ्गहुन किम, काठमाडौं विश्वविद्यालय, डिपार्टमेन्ट अफ कम्प्युटर साईन्स एण्ड ईन्जिनीयरीड.का प्रमुख डा. मनिष पोखरेल र डा. पुरुषोत्तम खरेलको उपस्थिति रहेको थियो ।
परियोजनाको समन्वय सहकार्य फोरम फर रिसर्च एण्ड डेभलपमेन्टका निर्देशक पंकज कुमार पोखरेलले गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक नारायण यादवले स्वागत गर्दै विद्यालयको सम्पुण पक्षवारे जानकारी गराउनाका साथै क्म्प्युटर प्रयोगात्मक कक्षाको अभावले विद्यार्थीहरुले भोग्नुपरिरहेको कठिनाईका सन्दर्भमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा काठमाडौं विश्वविद्यालय, डिपार्टमेन्ट अफ कम्प्युटर साईन्स एण्ड ईन्जिनीयरीड.का प्रमुख डा. मनिष पोखरेलले विद्यालयलाई १५ थान कम्प्युटर र अत्याधुनिक ल्याब निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नर्घाे गाविसका पूर्व गाविस अध्यक्ष परमानन्द यादव, विद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष रमाकान्त यादव, विद्यालय जग्गादाता परिवारका रामचन्द्र यादव र समाजसेवी रामगुलाम मण्डलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ