News Category 2073/10/25
जिविसका कर्मचारीले सांसदसँग पनि पिसी लिन्छन् ः सांसद देव
दैनिक समाचारदाता
राजविराज, २४ माघ
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष एवं सांसद जितेन्द्र नारायण देवले जिल्ला विकास समिति सप्तरीका कर्मचारीहरुले संसदीय विकास कोषको बजेटबाट हुने विभिन्न कार्यमा रकम लिने गरेको आरोप लगाउनु भएको छ ।
जिल्लाको समग्र विकासको सन्दर्भमा सोमबार राजविराजमा वरिष्ठ उपाध्यक्ष देवले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो आरोप लगाउनुभएको हो ।
उहाँले संसदीय विकास कोषको बजेटमा समेत कर्मचारीहरुले रकम (पीसी) माग गर्नु जिल्लाको विकासका लागि दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । उहाँले जिल्लाका सबै सांसदहरु समेत एकजुट नभएकोले यस्तो अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले संसदीय विकास कोषको रकमबाट हुने कार्यमा सांसदहरुले उपभोक्ता समिति निर्माण गरि सोबाट रकम लिने गरेको आरोप समेत लगाउनुभयो ।
सोही पत्रकार सम्मेलनमा सांसद देवले विभिन्न कार्यका लागि निर्माण भएको उपभोक्ता समितिको अनुगमन समेत नभएकोले बजेको दुरुपयोग हुने शंका उत्पन्न भएको भन्दै गठित समितिहरुको अनुगमन समेत गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले आफू चाडै नैं जिल्लाका सम्पूर्ण सांसदहरुसँग छलफल गरेर जिल्लाको विकासीय कार्यमा एकजुट भएका अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
एक अर्को प्रसङ्गमा सांसद देवले अपूरो, अधुरो र आंशिक संविधान मधेशी दलहरुको सहमति मै संशोधन हुनपर्नेमा जोड दिनुभयो । उहाँले मधेशी, दलित, पिछडिएका, मुश्लिम लगायतको समुदायको समर्थनमा संविधान संशोधन नभए मुलुक अफ्ठ्यारोमा पर्ने जिकिर गर्नुभयो ।
उहाँले संघीयता र गणतन्त्रको बिरोधमा अहिले नेकपा एमाले नेतृत्व गरिरएको आरोप समेत लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ