News Category 2073/10/25
दुधे बालकको हत्यामा संलग्न काकी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तरीको पातो गाविस ६ मा आईतबार दिउँसो एक दुधे बालकको निर्मम तरिकाबाट हत्या गरिएको छ ।
स्थानीय धर्मदेव मण्डल खंगका तीन वर्षिय छोरा रामअवतार मण्डललाई घरायसी विवादका कारण उनका आप्mनै काकी उर्मिला देवी मण्डलले घाटी निमोठी निर्मम तरिकाले हत्या गरेकी हुन ।
मृतकका आमासँग सामान्य भनाभन, वादविवाद भएपछि काकी उर्मिलाले घरमा कोही नभएको मौकाछोपी रिसइवी साँध्न बालकको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ ।
यता प्रहरीले बालकको हत्या गरि उर्मिलाले पुरानो साडीको कपडामा पोको पारी सेतो प्लाष्टिकको बोरामा हालेर घरको पछाडीपट्टी सुकेको पात राख्ने स्थानमा लाश लुकाईछिपाई राखेको जनाएको छ ।
तीन दिनअघि मात्र मृतकको आमासँग उर्मिला देवीको घरायसी विवाद हुँदा उर्मिलाले बालकलाई मार्ने धम्की दिएकी थिइन् । सोही कारणले प्रहरीले शंकाको आधारमा उनलाई पक्राउ गरेपछि उर्मिलाले बालकको हत्या गरिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यायल सप्तरीले जनाएको छ ।
यता उर्मिलामाथी कर्तव्य ज्यान मुद्दामा दायर गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिवेश लोहनी जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ