News Category 2073/10/25
सामाजिक परिचालकहरुद्वारा ट्रेड युनियनको आन्दोलनप्रति ऐक्यबद्धता
दैनिक समाचारदाता
राजविराज, २४ माघ
स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) अन्तरगतका सामाजिक परिचालकहरुले स्थानिय निकाय ट्रेड युनियन केन्द्रिय समन्वय समितिको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समर्थन जनाएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सोमबार सामाजिक परिचालकहरुले पत्रकार सम्मेलनको आयोजना गरि ट्रेड युनियनको आन्दोलन प्रति ऐक्यबद्धता जनाएका हुन् ।
पत्रकार सम्मेलनमा सामाजिक परिचालक संजाल समितिका अध्यक्ष शिवशंकर मेहताले सामाजिक परिचालकहरु राज्यको विभेदकारी नीतिको शिकार भएको बताउँनुभयो । उहाँले सामाजिक परिचालकहरु आफ्नो जिवनको उर्जाशिल समयको सात वर्ष जनताको सेवामै व्यतित गरेको भन्दै लोकसेवा आयोगमार्फत सरकारी सेवामा प्रवेश गर्ने उमेरको हद समेत नाघिसकेको जानकारी दिनुभयो ।
उहाँले सप्तरीका सामाजिक परिचालकहरु करारमा कार्यरत रहेको भन्दै प्रत्येक ६÷६ महिनामा म्याद थपिनु वा नथपिने डर रहेपनि जनताको सेवामा लागु परेको जिकिर गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा सामाजिक परिचालकहरुले अब बन्ने ऐन, कानुन, कार्यविधी, गठन आदेशबाटै सामाजिक परिचालकहरुको स्थायित्व तथा व्यवस्थापन, संविधानतह बन्ने नयाँ संरचनाहरुमा स्थानिय निकायमा कार्यरत सामाजिक परिचालकहरुलाई प्राथमिकतामा राखी सेवा सुविधा, बृत्ति विकासको सुनिश्चितता सहित समुचित सम्मानजनक व्यवस्थापन र स्थानिय तहको संरचनाहरुमा कर्मचारी व्यवस्थापन र समायोजन गर्दा गाविस तथा नगरपालिकाहरुमा कार्यरत सामाजिक परिचालकहरुलाई प्राथमिकतामा राखी समायोजन गर्न माँग गरिएको छ ।
हाल सप्तरीमा १ सय १९ जना सामाजिक परिचालकहरु विभिन्न गाविस तथा नगरपालिकाहरुमा कार्यरत छन् । यता चार गाविस र एक नगरपालिका सामाजिक परिचालक बिहीन रहेको संजालका सचिव रन्जित चौधरीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन पश्चात् सामाजिक परिचालकहरुले तीन बुँदे माँग सहित जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार ज्ञापन पत्र बुझाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ