News Category 2073/10/25
सामाजिक परिचालकहरुद्वारा ट्रेड युनियनको आन्दोलनप्रति ऐक्यबद्धता
दैनिक समाचारदाता
राजविराज, २४ माघ
स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) अन्तरगतका सामाजिक परिचालकहरुले स्थानिय निकाय ट्रेड युनियन केन्द्रिय समन्वय समितिको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समर्थन जनाएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सोमबार सामाजिक परिचालकहरुले पत्रकार सम्मेलनको आयोजना गरि ट्रेड युनियनको आन्दोलन प्रति ऐक्यबद्धता जनाएका हुन् ।
पत्रकार सम्मेलनमा सामाजिक परिचालक संजाल समितिका अध्यक्ष शिवशंकर मेहताले सामाजिक परिचालकहरु राज्यको विभेदकारी नीतिको शिकार भएको बताउँनुभयो । उहाँले सामाजिक परिचालकहरु आफ्नो जिवनको उर्जाशिल समयको सात वर्ष जनताको सेवामै व्यतित गरेको भन्दै लोकसेवा आयोगमार्फत सरकारी सेवामा प्रवेश गर्ने उमेरको हद समेत नाघिसकेको जानकारी दिनुभयो ।
उहाँले सप्तरीका सामाजिक परिचालकहरु करारमा कार्यरत रहेको भन्दै प्रत्येक ६÷६ महिनामा म्याद थपिनु वा नथपिने डर रहेपनि जनताको सेवामा लागु परेको जिकिर गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा सामाजिक परिचालकहरुले अब बन्ने ऐन, कानुन, कार्यविधी, गठन आदेशबाटै सामाजिक परिचालकहरुको स्थायित्व तथा व्यवस्थापन, संविधानतह बन्ने नयाँ संरचनाहरुमा स्थानिय निकायमा कार्यरत सामाजिक परिचालकहरुलाई प्राथमिकतामा राखी सेवा सुविधा, बृत्ति विकासको सुनिश्चितता सहित समुचित सम्मानजनक व्यवस्थापन र स्थानिय तहको संरचनाहरुमा कर्मचारी व्यवस्थापन र समायोजन गर्दा गाविस तथा नगरपालिकाहरुमा कार्यरत सामाजिक परिचालकहरुलाई प्राथमिकतामा राखी समायोजन गर्न माँग गरिएको छ ।
हाल सप्तरीमा १ सय १९ जना सामाजिक परिचालकहरु विभिन्न गाविस तथा नगरपालिकाहरुमा कार्यरत छन् । यता चार गाविस र एक नगरपालिका सामाजिक परिचालक बिहीन रहेको संजालका सचिव रन्जित चौधरीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन पश्चात् सामाजिक परिचालकहरुले तीन बुँदे माँग सहित जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार ज्ञापन पत्र बुझाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ