News Category 2073/10/26
कबड्डी संघ सप्तरीको पुर्नगठन. गोप्य ढंगले पुर्नगठित संघ अमान्य
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
धीरेन्द्र वर्मा “धीरु” को नेतृत्वमा २५ सदस्यीय कबड्डी संघ सप्तरीको मंगलबार पुर्नगठन गरिएको छ ।
अखिल नेपाल कबड्डी संघका केन्द्रीय प्रतिनिधि सुनिल कुमार झा “चन्दन” तथा जिल्ला प्रतिनिधि अशोक कुमार यादवको विशेष उपस्थितिमा पुर्नगठित संघको वरिष्ठ उपाध्यक्षमा शम्भु चौधरी तथा उपाध्यक्ष २ वटा पदमा जगदीश मण्डल र विनोद कुमार झाको चयन गरिएको छ ।
संघको सचिवमा वैजु दास, सहसचिवमा बुधन यादव र कोषाध्यक्षमा सीता देवी यादव चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा आनन्द झा, प्रकाश चौधरी, अखिलेश झा, फिदा हुसेन, ललित रजक, श्याम यादव, संजय खड्गा, कोसलेस ठाकुर, अनु ठाकुर, सरस्वती चौधरी, ललित मण्डल, वविता झा, मनोज यादव, मो. परवेज, प्रदिप चौधरी, महेश मण्डल रहेका छन् । यस्तै केन्द्रीय प्रतिनिधिमा अखिलेश झा र आनन्द झाको छनौट गरिएको संघले जनाएको छ ।
यसैबीच जिल्ला खेलकुद विकास समिति सप्तरीले कबड्डी संघ सप्तरीको पुर्नगठन गरेको भन्दै त्यसलाई नमान्ने जनाएको छ ।
संघका अध्यक्ष जीवन श्रेष्ठद्वारा मंगलबार जारि विज्ञप्तिमा दुई दिने छोटो सूचना टाँस गरि जिल्ला कबड्डी संघको पुर्नगठनप्रति आपत्ति जनाइएको छ ।
खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डलद्वारा हस्ताक्षरित सूचनामा माघ २३ गते अखिल नेपाल कब्बडी संघ केन्द्रीय समितिको हवाला दिदै कब्बडी संघ सप्तरीको पुर्नगठन गर्नु पर्ने भन्दै माघ २५ गते राजविराज २ स्थित मदे निमावि प्राङ्गणमा सम्वद्ध व्यक्तिहरुलाई उपस्थित हुन आह्वान गरेको प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
कुनै पनि संघसंस्था संगठनको अधिवेशन र पुर्नगठन गर्नुपर्दा पत्राचार वा पत्रपत्रिका मार्फत सम्बद्ध व्यक्तिलाई ७ दिन भित्र जानकारी दिनुपर्ने बैधानिक व्यवस्था रहँदा पनि सो सूचनाप्रति संघले आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा गोप्य ढंगबाट पुर्नगठन गरिने कार्यलाई स्विकार नगर्ने भन्दै अवैधानिक गतिविधि नरोकिए बाध्य भई आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ