News Category 2073/10/26
अधिकांश गहना पसल अनुमति नलिई संचालन
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
गुणस्तरीय नापतौल क्षेत्रीय कार्यालय विराटनगरको एक टोलीले मंगलवार राजविराजका गरगहना पसलको अनुगमन गरेको छ ।
गरगहनाको नाप तौलमा घटी भइरहेको उपभोक्ताहरुको गुनासो पश्चात् नापतौल क्षेत्रिय टोलीले सो अनुगमन गरेको हो ।
कार्यालयका निरीक्षक दिपेन्द्र रोक्काको नेतृत्वमा उपभोक्ता मञ्च, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा पत्रकार महासंघका प्रतिनिधि सम्मिलित टोलीले अनुगमनका क्रममा अधिकांश गहना पसल अनुमति नै नलिई सञ्चालनमा रहेको टोली प्रमुख रोक्काले जानकारी दिनुभयो ।
प्रमुख रोक्काले स्विकृती नलिई संचालनमा रहेका पसलहरुलाई तीन दिन भित्र इजाजत पत्र लिन निर्देशन दिएको तथा त्यसको अवज्ञा गरे कानून बमोजिम कारवाही प्रकृया अघि बढाउने जानकारी दिनुभयो ।
यसैबीच अनुगमनकै क्रममा स्थानीय गणेश ज्वेलर्स पसलमा गहना नापतौलका लागि प्रयोग गरिने काँटामा गडबडी पाइएपछि नियन्त्रणमा लिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ