News Category 2073/10/28
दुई दिने तालिम तथा कार्यशाला गोष्ठी सुरु
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
एकीकृत बार्षिक जिल्ला विकास योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम तथा कार्यशाला गोष्ठी बिहीबार राजविराजमा संचालन भएको छ ।
आगामी आर्थिक बर्षकोलागि योजना तर्जुमा गर्न मद्दत पु¥याउनका लागि जिल्ला विकास समिति सप्तरीले सहभागितामुलक उक्त कार्यशाला गोष्ठी संचालन गरेको हो ।
सामुदायिक विकास कार्यक्रमको सहयोगमा जिविस सप्तरीले आयोजना गरेको सो कार्यशालाको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले जिल्लाको विकासीय योजना निर्माणमा सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले जिल्लाको विकासीय योजना निर्माणमा सहयोग गर्न कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।
स्थानीय तहमा सहभागितामूलक बार्षिक योजनाको अवधारणा, योजना तर्जुमाका कानूनी तथा नीतिगत आधार, योजना तर्जुमा विधि तथा प्रक्रिया, र स्रोतसाधनको प्राथमिकता निर्धारण सम्बन्धमा विषयगत कार्यालय तथा गैसस लगायत सरोकारावाला बीच साझा धारणा र बुझाइ तयार गर्नु तथा बार्षिक योजना तर्जुमा गर्न आवश्यक पक्षहरू बारे जानकारी प्राप्त गरि कार्यतालिकाको तयारी मार्फत योजना तर्जुमा प्रक्रिया व्यवस्थित गर्न सहयोग गर्ने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको जिविस सप्तरीका वरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।
स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यशालाको उद्घाटन सत्र वरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्काले सञ्चालन गर्नुभएको थियो ।
कार्यशाला गोष्ठीमा स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेल, वसन्त राज गौतम, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, कार्यक्रम अधिकृत नवराज खड्का, विश्व खाद्य कार्यक्रमका प्रकाश राईसहितकाले सहजीकरण गर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ