News Category 2073/10/28
दुई दिने तालिम तथा कार्यशाला गोष्ठी सुरु
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
एकीकृत बार्षिक जिल्ला विकास योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम तथा कार्यशाला गोष्ठी बिहीबार राजविराजमा संचालन भएको छ ।
आगामी आर्थिक बर्षकोलागि योजना तर्जुमा गर्न मद्दत पु¥याउनका लागि जिल्ला विकास समिति सप्तरीले सहभागितामुलक उक्त कार्यशाला गोष्ठी संचालन गरेको हो ।
सामुदायिक विकास कार्यक्रमको सहयोगमा जिविस सप्तरीले आयोजना गरेको सो कार्यशालाको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले जिल्लाको विकासीय योजना निर्माणमा सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले जिल्लाको विकासीय योजना निर्माणमा सहयोग गर्न कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।
स्थानीय तहमा सहभागितामूलक बार्षिक योजनाको अवधारणा, योजना तर्जुमाका कानूनी तथा नीतिगत आधार, योजना तर्जुमा विधि तथा प्रक्रिया, र स्रोतसाधनको प्राथमिकता निर्धारण सम्बन्धमा विषयगत कार्यालय तथा गैसस लगायत सरोकारावाला बीच साझा धारणा र बुझाइ तयार गर्नु तथा बार्षिक योजना तर्जुमा गर्न आवश्यक पक्षहरू बारे जानकारी प्राप्त गरि कार्यतालिकाको तयारी मार्फत योजना तर्जुमा प्रक्रिया व्यवस्थित गर्न सहयोग गर्ने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको जिविस सप्तरीका वरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।
स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यशालाको उद्घाटन सत्र वरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्काले सञ्चालन गर्नुभएको थियो ।
कार्यशाला गोष्ठीमा स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेल, वसन्त राज गौतम, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, कार्यक्रम अधिकृत नवराज खड्का, विश्व खाद्य कार्यक्रमका प्रकाश राईसहितकाले सहजीकरण गर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ