News Category 2070/06/23
एक बागि र एक पार्टीका उम्मेदवारसहित सात जनाले लिए उम्मेदवारी फिर्ता
दैनिक संवाददाता
राजविराज, २२ असोज ।
आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सप्तरीको बिभिन्न क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराएका संघीय समाजवादी पार्टीका एक जना, एनेकपा माओवादीबाट बागि उम्मेदबारको रुपमा दर्ता गराएका एकजना र ५ जना स्वतन्त्र गरी सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सप्तरीको क्षेत्र नम्बर १ मा संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका ललन चौधरीले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो ।
यस्तै स्वतन्त्र हैसियतमा क्षेत्र नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता गराएका फाजिल मन्सुरी, क्षेत्र नम्बर ३ मा स्वतन्त्र हैसियतमै उम्मेदवारी मनोनयन दर्ता गराएका शिबप्रताप साह र पंकज झा, क्षेत्र नम्बर ४ मा स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका गुञ्जेश्वर यादव र अमरनाथ यादव र क्षेत्र नम्बर ५ मा एकिकृत नेकपा माओवादीबाट असन्तुष्ट भएर स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दर्ता गराएका बौली चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख साहले बताउनुभयो । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन मंगलवारसम्मको समय उपलब्ध गराएका थियो ।
यसैबीच क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदबारी दिएका शिवप्रताप साहले आफू सोही क्षेत्रबाट उम्मेदबारी दिएका फोरम नेपालका शैलेन्द्र प्रसाद साहलाई निर्वाचनमा सहयोग गर्ने बताएका छन् ।
यसअघि सोमवार मात्रै सप्तरीको क्षेत्र नम्बर २ मा अखण्ड नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका सन्तोष कुमार यादव र मधेशी जनअधिकार फोरम गणतान्त्रिका तर्फबाट क्षेत्र नम्बर ६ मा उम्मेदवारी दत्र्ता गराएका अरवेन्द्र कुमार यादवको उम्मेदवारी सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो ।
अखण्ड नेपाल पार्टीका उम्मेदवारको प्रस्तावक र समर्थक सम्बन्धित क्षेत्रको नभएको र फोरम गणतान्त्रिकका उम्मेदवारको २५ बर्ष उमेर नपुगेको भन्दै उहाँ दुबै जनाको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो ।
यो सँगै सप्तरीमा बिभिन्न पार्टी र स्वतन्त्र गरी सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा २ सय ५१ जना उम्मेदवारले प्रतिष्पर्धा गर्ने निश्चित भएको छ । गएको बिहीवार बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरी सप्तरीमा २ सय ६० जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ