News Category 2070/06/23
एक बागि र एक पार्टीका उम्मेदवारसहित सात जनाले लिए उम्मेदवारी फिर्ता
दैनिक संवाददाता
राजविराज, २२ असोज ।
आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सप्तरीको बिभिन्न क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराएका संघीय समाजवादी पार्टीका एक जना, एनेकपा माओवादीबाट बागि उम्मेदबारको रुपमा दर्ता गराएका एकजना र ५ जना स्वतन्त्र गरी सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सप्तरीको क्षेत्र नम्बर १ मा संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका ललन चौधरीले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो ।
यस्तै स्वतन्त्र हैसियतमा क्षेत्र नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता गराएका फाजिल मन्सुरी, क्षेत्र नम्बर ३ मा स्वतन्त्र हैसियतमै उम्मेदवारी मनोनयन दर्ता गराएका शिबप्रताप साह र पंकज झा, क्षेत्र नम्बर ४ मा स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका गुञ्जेश्वर यादव र अमरनाथ यादव र क्षेत्र नम्बर ५ मा एकिकृत नेकपा माओवादीबाट असन्तुष्ट भएर स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दर्ता गराएका बौली चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख साहले बताउनुभयो । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन मंगलवारसम्मको समय उपलब्ध गराएका थियो ।
यसैबीच क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदबारी दिएका शिवप्रताप साहले आफू सोही क्षेत्रबाट उम्मेदबारी दिएका फोरम नेपालका शैलेन्द्र प्रसाद साहलाई निर्वाचनमा सहयोग गर्ने बताएका छन् ।
यसअघि सोमवार मात्रै सप्तरीको क्षेत्र नम्बर २ मा अखण्ड नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका सन्तोष कुमार यादव र मधेशी जनअधिकार फोरम गणतान्त्रिका तर्फबाट क्षेत्र नम्बर ६ मा उम्मेदवारी दत्र्ता गराएका अरवेन्द्र कुमार यादवको उम्मेदवारी सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो ।
अखण्ड नेपाल पार्टीका उम्मेदवारको प्रस्तावक र समर्थक सम्बन्धित क्षेत्रको नभएको र फोरम गणतान्त्रिकका उम्मेदवारको २५ बर्ष उमेर नपुगेको भन्दै उहाँ दुबै जनाको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो ।
यो सँगै सप्तरीमा बिभिन्न पार्टी र स्वतन्त्र गरी सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा २ सय ५१ जना उम्मेदवारले प्रतिष्पर्धा गर्ने निश्चित भएको छ । गएको बिहीवार बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरी सप्तरीमा २ सय ६० जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ