News Category 2073/10/29
सप्तरीको विकासका लागि सहयोग गर्ने गच्छदारको प्रतिवद्धता
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष एवं पुर्व तथा उपप्रधानमन्त्री विजय कुमार उच्छदारले सप्तरीको समग्र विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सन्त गुरु रविदास फाउण्डेशन नेपालद्वारा शुक्रबार आयोजित सन्त गुरु रवि दास महाराजको ६४० औं जन्म जयन्तीको अवसरमा सप्तरीको लोहजरामा शुक्रबार आयोजित एक कार्यक्रममा उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले विकासको प्रमुख मेरुदण्ड बाटोघाटो रहेकोले बताउँदै सप्तरीको समग्र विकासा लागि जिल्लाको ग्रामिण भेगका बाटोघाटोहरु निर्माण कार्यमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
उहाँले राजनीतिक खिचातानीका कारणले मुलुक संकटमा परेको बताउँनुहुँदै नयाँ संविधानमा दलित, जनजाती, आदिवासी, मुस्लिम, थारु, पिछडावर्गको अधिकार सहितको संशोधन नभएसम्म मान्य नहुने जिकिर गर्नुभयो ।
अध्यक्ष गच्छदारले तीन दलकै कारणले नेपाल गरीब बनेको तथा मधेशी जनताले विकास समेत हेर्न नसकेको आरोप लगाउनुभयो । उहाँले १६ बुँदै सहमतिले संविधान लागु भएको बताउँदै सो संविधानमा सिमाकंन सहितको त्रृटि रहेकोले संविधान कार्यान्वयन हुन नसकेको र त्यसको मुख्य दोषी काग्रेस, एमाले र माओवादी रहेको स्पष्ट पार्नुभयो ।
उहाँले तराईका दलित समुदायहरु अति पछाडी रहेकोले अब दलित समुदायहरुलाई आप्mनो अधिकारको लागि जागरुक र सचेत बन्नुपर्नेमा जोड दिनुहुँदै दलित समुदायको उत्पीडनको लागि शिक्षा क्षेत्रमा थप लगानी हुनुपर्ने बताउनुभयो ।
फाउण्डेशनका अध्यक्ष एवं सांसद रमणी रामको अध्यक्षतामा आयोजित सो समारोहमा फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री हेमराज तातैड, फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य बिन्दु कुमारी यादव, जिल्ला अध्यक्ष शैलेश चौधरी, फाउण्डेशनका संरक्षक कपलेश्वर राम, सांसद सुमित्रा चौधरी सहितकाहरुले आ आफनो धारणा राख्नुभएको थियो ।
फोरम लोकतान्त्रिकका युवा नेता हुलसित कुमार यादवद्वारा संचालित सो कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष भोला रामले सन्त गुरु रवि दास महाराजको जीवनीमाथि प्रकाश पार्नुभएको थियो ।
यसैबिच साही कार्यक्रममा दलित, गरीब, जेहेन्दार तथा विपन्न समुदायका ५४ जना छात्रछात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि गच्छदारद्वारा स्कुल ब्याग र शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ