News Category 2073/11/01
राजनीतिक द्वन्द्व समाधान नगरि मुलुक शान्ति र स्थिर हुँदैन् ः फोरम अध्यक्ष यादव
राजविराज÷संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्व समाधान नगरि मुलुक शान्ति र स्थिरतातर्फ नजाने बताउनु भएको छ ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनको शनिबार राजविराजमा उद्घाटन गर्दै अध्यक्ष यादवले सो कुरा बताउनु भएको हो ।
उहाँले संविधानलाई संशोधन नै नगरिकन, प्रादेशिक संरचनालाई दुरुस्त नै नगरिकन प्रदेशको मातहतमा गर्ने कार्यलाई केन्द्रिय सरकारले आफैमा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्न खोजेको आरोप समेत लगाउनु भयो ।
उहाँले पहिचान, प्रादेशिक, समानुपाति समावेशीता सम्बन्धी सवाललाई समाधान गर्नु पर्ने र मुलुकमा द्वन्द्वलाई समाधान गर्नुको साटो स्थानिय तहको निर्वाचन केन्द्रिय सरकारले ते¥स्याएर मुलुकमा द्वन्द्वलाई बढावा दिइरहेको आरोप लगाउनुभयो ।
सरकारले आफूहरुको समस्या समाधान नगरेर निर्वाचनको मिति तोक्यो भने सोही दिन आन्दोलनको घोषणा समेत हुने उहाँले चेतावनी समेत दिनुभयो ।
सोही क्रममा अध्यक्ष यादवले हाल मधेशको जनसंख्या ५२ प्रतिशत रहँदा पनि स्थानिय तहको पुर्नसंरचना आयोगले मधेशमा २५ प्रतिशत गाउँपालिका र नगरपालिका मात्र छुट्याएर प्रतिवेदन सार्वनजिक गर्नु मधेशका लागि अन्याय भएको भन्दै स्थानिय तहका संरचनालाई पनि जनसंख्याको आधारमा पुर्नगठन गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले वर्तमान अवस्थामा संघीय संसदको निर्वाचन हुनुपर्ने बताउँदै संघीय संसदले प्रादेशिक निर्वाचन अनि प्रदेश सरकारले स्थानिय तह वा निकायको निर्वाचन गर्ने अधिकार रहेकोमा सरकारले त्यसो नगरेर उल्टो कुरा गरेर मुलुकलाई उल्टो दिशामा लगेर दुर्घटना निम्त्याउन खोजेको आरोप समेत लगाउनुभयो ।
संघीय समाजवादी फोरम नेपालका सप्तरी अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा फोरमका मधेस प्रदेश संयोजक रेणुकुमारी यादव, प्रादेशिक मुख्यसचिव शम्भु झा, केन्द्रिय सदस्यहरु शैलेन्द्रप्रसाद साह, अशोककुमार यादव, जगदेव यादव, विनोद चौधरी, सुभाष यादव, सांसद लक्ष्मी चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जारी जिल्ला अधिवेशनले फोरम सप्तरीको नयाँ नेतृत्व समेत चयन गर्नेछ । सो उद्घाटन समारोहमा मगर समुदायका बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ