News Category 2073/11/03
नेपालको पुरानो चन्द्र नहरको रुप फेरिदै
दैनिक समाचरादाता
राजविराज, २ फागुन ।
नेपालकै सबै भन्दा पुरानो चन्द्र नहरको अहिले रुप फेरिदै छ । नहरको अस्तीत्व नै संकटमा परेको बेला सो रुप फेरिदै हो ।
दुई बर्ष अगाडी सिँचाई मन्त्रालयले उक्त नहर पुर्णनिमाणका लागि रु एक अर्व ५८ करोड प्रस्ताव स्वीकृत गरेपछि हाल नहरको पुर्वधार निर्माणको कार्य द्रुत गतिमा भइरहेको छ ।
तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९२३ मा सुरु भई सन् १९२७ मा निर्माण सम्पन भएको उक्त नहर संचालन र ब्यवस्थापनमा सुरुमा ध्यान दिएपनि बिगत तीन दशक बढीदेखि बजेट र साधन श्रोत नदिएपछि नहर संकटग्रस्त भएको थियो ।
यसअघि कोशी र खाडो नदिको बाढी पहिरो र भुस्खलनले नहर क्षतिग्रस्त भएपछि मर्मत नहुदा सिचाईको कामप्रभावित भएको थियो भने नहर पुर्वधारहरु जिर्ण भएर कामै नलागने अवस्थामा पुगेको कोशीपम्प चन्द्र नहर सिँचाई ब्यवस्थापन डिभिजन कार्यालय राजविराजका इन्जिनियर तथा प्राबिधिकहरुको भनाई छ ।
करिब ३१ किलोमिटर मुल लम्बाई रहेको चन्द्र नहरको सो मुल नहरमा पक्कि लाइनीग, पुनस्थापना, माटो सरसफाई, नदि नियन्त्रण, ग्रमिण ग्राभेलिग, पुल, कल्भट निर्मान तथा स्टील गेट बनाउने काम भइरहेको छ ।
कार्यालय प्रमुख प्रसुन मिश्राका अनुसार मुल नहरको १४ किलोमिटरमा रु ५ करोड ११ लाखको लागतमा नहरको सरसफाई पक्कि लाइनिग, टुटफुट, मर्मत लगायत निर्माणको कार्य ठेक्का समझौता भई निर्माण कार्य भइरहेको छ भने मुल नहरमा हेडर्वस मर्मतका लागि रु ४ करोड ७२ लाखको लायतमा निर्माण गर्ने ठेक्का समझौता भई काम भइरहेको जानकारी दिनुभयो ।
१० वटा साखा तथा करिब १ हजार किलोमिट प्रशाखा रहेको सो नहरबाट ओदराहा, कमलपुर, मलेठ, पिपरापुर्व, बलुवा, घोघनपुर, कंचनपुर, कनकटा, बरमझिया, मेनाकडेरी, हनुमानगर, गोइठी, डिवन, बनोली, सोनरा पकरी लगायतका गाविसमा सिचाई सुबिधा पुग्ने बताइएको छ ।
चन्द्र नहरबाट जिल्लाको कुल १० हजार पाँच सय हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध हुँने विश्वास रहेपनि विगत एक दशक भन्दा बढी समयदेखि नहरमा बालुवा थुप्रिने कारणले कूल सिंचित क्षेत्र मध्येको आधा भागमा मात्र सिंचाई सुविधा हुने गरेको छ ।
यसअघि कूल २९ गाविसमा सिंचाई पु¥याउने लक्ष्य रहेको सो नहरको अवस्था ठिक नरहेका कारण आधाजसो गाविस सिंचाई सुविधाबाट बञ्चितै रहेका छन् । नहरको सरसफाई अभावसँगै अतिक्रमणको समेत समस्या समेत रहेको छ । नहर छेउमा मानव वस्ती बढ्दै गएको, पानी बग्ने ठाउँकै छेउँमा खर, पराल थुपार्नुका साथै नहरमै पसाएर पशु चौपायालाई पानी खुवाउने गरिएको शौचालयको ढल समेत नहरमै जोडिएको स्थानीयबासीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ