News Category 2073/11/04
विवाद अन्त्य गरी मात्र अधिवेशनको मिति तय गर्न पत्रकार महासंघको निर्णय
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
नेपाल पत्रकार महासंघ सप्तरीको हवाला दिदैं केहि व्यक्तिहरुले अनाधिकृत रुपमा स्थानीय केहि पत्रिकामा शाखाको जिल्ला अधिवेशन फागुन ७ गते हुने भनी सूचना प्रकाशित गरेको सन्दर्भमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ शाखा सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देव, सचिव सुधा देव, कोषाध्यक्ष मनोज माझी, सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामांग र राजकुमार पासवानद्वारा मंगलबार जारि संयुक्त विज्ञप्ति मार्फत सो ध्यानाकर्षण भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा महासंघ शाखा सप्तरीले हाल अधिवेसनको मिति तय गरिनसकेकाले त्यस्तो भ्रममा नपर्न सबै सदस्यलाई जानकारी गराउदै फागुन ३ गते बसेको महासंघ कार्यसमितिको बैठकले महासंघ भित्रको सम्पूर्ण विवादको अन्त्य गरी मात्र अधिवेसनको मिति तय गर्ने निर्णय गरेको जनाइएको छ ।
महासंघका तात्कालिन अध्यक्ष प्रकाश खतिवडालाई महासंघका दुई तिहाई सदस्यले अबिश्वासको प्रस्ताव सहित पदमुक्त गरेको अबस्थामा उनको निर्देशनमा जारी गरिएको सूचना र नयाँ सदस्यताका लागि गरिएको सिफारिस पूर्ण रुपमा अवैधानिक भएको समेत कार्यसमितिको बैठकले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै महासंघले आफ्ना सम्पूर्ण सदस्यहरुको नामावली र नवीकरण वापत लाग्ने शुल्क तोकेको समयसिमा भित्रै महासंघ केन्द्रको खाता रहेको बैंक अफ काठमाण्डुमा जम्मा गरिसकेको समेत जानकारी गराइदै महासंघको दुई तिहाई बैठकले २४ जना नयाँ सदस्यताको सिफारिस तोकिएकै समयमा केन्द्रमा पठाइसकेकोले सो अनुमोदनका लागि केन्द्रिय समितिसँग आग्रह गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीसँग आबद्ध अधिकांश पत्रकारहरुको नवीकरण शुल्क तोकिएकै समयभित्र जम्मा भइसक्दा पनि हालसम्म नवीकरण नगरेर महासंघ केन्द्रिय समितिले झन विवाद चर्काउने काम गरेको ठहर गर्दै बैठकले यस्तो अवस्थामा कुनैपनि हालतमा अबिधेसन सम्भव नहुने जनाएको छ ।
साथै फागुन ७ गतेको लागि तोकिएको सप्तरी जिल्ला अबिधेसन हुन नसक्ने स्थिती रहेकोले नेपाल पत्रकार महासंघ सप्तरीको अबिधेसन तत्काल स्थगन गरी मूल विवाद समाधानका लागि पहल गर्न र अधिवेसनको अर्काे मिति तय गर्न केन्द्रिय समितिसँग जोड्दार माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ